पार्टी एक हुने संभावन न्यूनः गुरुङ

चितवन, २४ चैत । एकीकृत माओवादीका स्थायी समिति सदस्य देव गुरुङले अब पार्टी एक हुने संभावना न्यून रहेको बताएका छन् ।
संस्थापन पक्षले पार्टीभित्रको कुरा ‘विदेशी प्रभुहरुलाई गर्ने गरेको’ अरोप लगाउदै गुरुङले घुमाउरो पारामा पार्टी एक हुन नसक्ने अवस्था आएको बताए । ‘नया विषयमा विवाद हुदा एउटै परिवारका कुरा मिलेर जान्छ ।’ पार्टीभित्र छताछुल्ल विवाद बारे प्रष्ट्याउदै गुरुङले भने, ‘मिल्ने कुरापनि विदेशी प्रभुहरुको कानमा जाने भएकाले पार्टी जुट्ने अवस्था हराउ“छ ।’
२२ औं जनआन्दोलन दिवसको अवसरमा आज चितवनमा वैद्य समूहले गरेको सभालाई सम्बोधन गर्दै नेता गुरुङले माओवादीको संस्थापन पक्षले भारतसग मिलेर देशको अस्तित्व खतरामा पारेको आरोप लगाए ।
पार्टीको संस्थापन पक्षको आत्मसमर्पणवादी चिन्तनको कारण पटक–पटक पार्टी भित्रका विवाद ‘विदेशी प्रभुहरु’ को कानमा परेको आरोप लगाए ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले सन् १९५० को सन्धीलाई माथ गर्ने विप्पा सम्झौता गरेर राष्ट्रियता नै धरापमा पारेको समेत आरोप लगाएका थिए ।
देशका लगानीकर्तालाई संरक्षण नगरी भारतीय लगानीकर्ता भित्राउन सहयोग गर्ने सन्धी राष्ट्रघाती भएको टिप्पणी गरे ।
एकीकृत माओवादीले केन्द्रमा जस्तै चितवनमा पनि छुट्टाछुट्टै जनसभा गरेको थियो । माओवादी संस्थापन पक्षले नारायणगढको बुद्धपार्कमा गरेको सभामा भने माओवादी पोलिटब्यूरो सदस्य अग्नी सापकोटाले सम्बोधन गरेका थिए । सभामा बोल्दै वैद्य पक्षलाई पार्टीभित्रका दक्षिणपन्थी र जडसुत्रबादीको संज्ञा दिए । उनले वैद्य पक्षले क्रान्तिलाई दोधारे बनाएको समेत टिप्पणी गरेका थिए ।

प्रतिक्रिया