महानिर्देशनालयको कमाण्ड हामी सम्हाल्छौं

पोखरा, २४ चैत । एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले सेना समायान पछि बन्ने महानिर्देशनालयको कमाण्ड जनमुक्ति सेनाले सम्हाल्ने गरी तयारी भईरहेको दाबी गरेका छन् ।

जनआन्दोलन दिवसका अवसरमा आज पोखरामा आयोजित सभामा उनले महानिर्देशनालयको नेतृत्व लिने बिषयमा दलहरुसंग छलफल भईरहेको बताए । उनले भने, ‘महानिर्देशनालयमा हाम्रो अडान छ, त्यसको कमाण्ड जनमुक्ति सेनाले सम्हाल्छ ।’

महानिर्देशनलयमा कमाण्ड सम्हाल्न नपाएमा अर्को विकल्प के हुने भन्ने बिषयमा भने उनले केही बताएनन् ।

माओवादी नेता महराले अब बन्ने संविधान जनवादी नै बनाउने बताएका छन् । उनले बिद्रोह गर्दाको उदेश्य अनुसार संविधान बनाउने प्रयास जारी रहेको भन्दै कार्यकर्तालाई आस्वस्त बनाएका थिए ।

प्रतिक्रिया