विद्रोहको आगो दन्किन्छः महतो

जनकपुर, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले संघीयता विहिन संविधान ल्याए देशमा विद्राहको आगो दन्किने चेतावनी दिएका छन्  ।

महोत्तरीको मटिहानीमा आज एकृकीत जनस्वास्थ्य अभियान अन्तर्गत आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन कार्यक्रममा मन्त्री महतोले संघीयता विहिन संविधान ल्याइए मधेसमा मात्र नभई तराई, पहाड, हिमाल सबै स्थानमा विरोध हुने दाबी गरे । उनले भने, ‘२०६३ सालको विद्रोह भन्दापनि भयावह आगो दन्किने छ ।’

संघीयता विहिन संविधान ल्याउन मुख्य दलहरुले व्यापक षडयन्त्र गरिरहेको मन्त्री महतोको आरोप थियो ।

अधिकार सम्पन्न, पहिचान र सामर्थ सहितको संघीयता नयाँ संविधानमा प्रावधान राख्नुपर्ने बताएका उनले सबै जनजाति, दलित, मधेसीलगायतका वर्गले सम्मान अधिकार पाउने बताए ।

मन्त्री महतोले अर्को प्रसंगमा स्वास्थ्य क्षेत्रमा रहेका बिस वर्षे स्वास्थ्य नीतिलाई परिवर्तन गरि ८० प्रतिशत ग्रामिण जनताको न्यूनतम स्वाथ्य सेवालाई ध्यानमा राखेर नयाँ स्वास्थ्य नीति ल्याउने बताए ।

प्रतिक्रिया