भारतीय सेनाध्यक्ष सिंह फिर्ता

काठमाडौं, २४ चैत । भारतका स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंह नेपालको औपचारीक भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणमा सेनाको क्षत्रीय गोष्ठिमा भाग लिन आएका भातीय सेनाध्यक्ष सिंह आफ्नो विशेष विमान मार्फत फर्किएको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

काठमाडौंमा रहदा भारतीय सेनाध्यक्ष सिंहले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री लगायत उच्च अधिकारीसंग भेटबार्ता गरेका थिए ।

सिंहलाई नेपाली सेनाका बलाध्यक्ष रथी गौरव शम्शेर जबराले बिदाई गरेका थिए ।
सिंहको बिदाईका क्रममा नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारी, सैनिक सहचारी र नेपाली सेनाका उच्च पदस्थ अधिकृतको समेत उपस्थित रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया