‘दुर्घटनामा दुई एमाले कार्यकर्ताको मृत्यु’

कैलाली, २४ चैत । कैलालीको बलिया–२ मा ट्याक्टरको ठक्करबाट एमालेका दुई कार्यकर्ताको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा मृत्यु हुनेमा बलिया गाउ“ कमिटी सदस्य ४० वर्षीय सन्तोष शाह र क्षेत्र नम्वर–२ उपाध्यक्ष ४३ वर्षीय जंङ्गे बिक रहेका छन् ।

लम्कीबाट पश्चिमतर्फ आईरहेको से १ त २६३२ नम्बरको ट्याक्टरले अत्तरियाबाट लम्कीतर्फ गइरहेको उनी सवार से १ प ६२१६ नम्बरको ट्याक्टरलाई ठक्कर दि“दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

मृत्तक दुबै जना बिहीबार एमालेले अत्तरियामा आयोजना गरेको क्षेत्रीय आभसभामा सहभागी भएर घर फर्कदै थिए ।

प्रतिक्रिया