स्मार्टफोनमा लट्ठिदै तन्नेरी

भी सिरिज कम्पनीका फाइनान्सियल म्यानेजर ईश्वर खनालको फुर्सदको समय भर्खरै किनेको सामसुङ स्मार्टफोनसग बित्छ । फेसबुक, ट्विटरलगायतका सोसियल मिडियामा रमाउन, इन्टरनेट चलाउन, समाचारबारे अपडेट हुन, गेम खेल्न तथा अन्य काम गर्न उनलाई कम्प्युटरभन्दा यसैमा सजिलो लाग्छ । लामो यात्रा गर्दा, कसैलाई कुर्नुपर्दा वा कार्यालयमा काम नहुदा पनि स्मार्टफोन उनको उपयुक्त साथी हुने गरेको छ । अहिलेको सूचना, समाजमा सामाजिक रूपमा ‘कनेक्टेड’ र ‘अपडेटेड’ हुन स्मार्टफोनले सहज बनाइदिएको बताउ“छन् ।
हाई रिजोलुसन टच स्क्रिन, आकर्षक मिडिया प्लेयर, हाई रिजोलुसन क्यामेरा, ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस), स्क्रिन टच, नेभिगेसन वाइफाई आदि स्मार्टफोनका बेसिक सुविधा हुन् । आङ्खनो आवश्यकताअनुसार सुविधा थपघटसमेत गर्न सकिन्छ । थ्रिजी सिमकार्ड प्रयोग गर्न सकिने भएकाले इन्टरनेटका लागि सहज छ ।
सञ्चारकर्मी अजय शर्मा पनि स्मार्टफोनले दैनिक जीवन सहज बनाइदिएको बताउ“छन् । ‘समय कटाउने मात्र होइन, यसले कामकाजीको दैनिकीलाई पनि सहज बनाइदिएको छ । अफिसियल कामका लागि सहज हुने थुप्रै एप्लिकेसन स्मार्टफोनमा छन्’ –शर्मा भन्छन् ।
केही समयअघिसम्म स्मार्टफोन महगो सेटका रूपमा चिनिन्थ्यो तर प्रतिस्पर्धा बढ्दै गएपछि यो ‘बजेट मोबाइल’ हुन थालेको छ । सन् २००२ मा अमेरिकी कम्पनी एप्पलले स्क्रिन टच आइफोन ल्याउदा यो अमेरिकामै पनि एउटा निश्चित वर्गको मात्र पहुचमा थियो । तर, एप्पलसग प्रतिस्पर्धा गर्दै गुगलले स्मार्टफोनमा प्रयोग हुने सङ्खटवेयर ‘एन्ड्रोइड’ बनाएपछि यो सर्वसुलभ भयो । यसअघि स्मार्टफोन उत्पादकहरूले आङ्खनोे सङ्खटवेयर मात्र प्रयोग गर्थे । गुगलले मोबाइल क्षेत्रमा हात हालेपछि र एप्पलस“ग प्रतिस्पर्धा बढेपछि स्मार्टफोन सस्तो हुन गयो ।
कम्पनीहरूबीचको प्रतिस्पर्धाका कारण स्मार्टफोन युवावर्गको बजेटभित्र समेटिन सकेको हो । प्लस टु पढ्दै गरेका युवायुवती साधारण सेट किन्ने रकममा पकेट खर्च जोगाएर स्मार्टफोन किन्न थालेका छन् । एसएस कलेज भक्तपुरकी मनीषा भण्डारीले अभिभावकले साधारण सेट किन्न दिएको रकममा पकेट खर्च थपेर स्मार्टफोन किनेकी छिन् । फेसबुकप्रेमी भण्डारीका लागि यो वरदान नै भएको छ । ‘स्ट्याटसमा आउने कमेन्ट तथा लाइक हेर्न र त्यसको रेस्पोन्स गर्न यसले सजिलो भएको छ’ –भण्डारीले भनिन् । एप्पलको आइफोन मह“गो भए पनि अन्य ब्रान्डका एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट फोनहरू अहिले युवाको रोजाइमा पर्न थालेका छन् ।
प्रयोग गर्न जान्ने हो भने स्मार्टफोन शैक्षिक सामग्री पनि हो । यसमा विद्यार्थीका लागि उपयोगी डिक्स्नेरी, स्पेलिङ चेकर, इबुक रिडर, इन्साइक्लोपेडिया, एमएस अफिसलगायत सुविधा छन् ।  पैदल हि“ड्दा, बाइकमा होस् वा सार्वजनिक यातायातमा यात्रा गर्दा, तन्नेरीहरू इयरफोनको गेडो कानमा घुसाएर संगीतमा मस्त भेटिन्छन् । रिलिज हुदा–नहुदै नया“ गीत उनीहरूले डाउनलोड गरिसकेका हुन्छन् ।
स्मार्टफोनमा कम्प्युटरको जस्तै उच्चगतिको प्रोसेसर जोडिएको हुन्छ, त्यसैले यसलाई ‘हाते कम्प्युटर’ पनि भन्न सकिन्छ । स्मार्टफोन निर्माता सामसुङको नेपाल बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अनुसार सामसुङका सामग्रीमध्ये सबैभन्दा बढी स्मार्टफोन बिक्छन् । यसबाहेक एलजी, सोनी इरिक्सन, एचटिसी ब्रान्डका स्मार्टफोन नेपाली बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया