७१ भरिया थुनामा

कैलालीः रक्तचन्दन ओसारपसारमा संलग्न रहेको आरोपमा बझाङ प्रहरीले नियन्त्रणमा लिएका बाजुरा र अछामका ७१ भरिया अझै थुनामा छन् । प्रहरी कार्यालयमा उनीहरूले राम्रोसग खान र सुत्न पनि पाएका छैनन् ।
प्रहरीले खुला चौरमा राखेका भरियालाई जिल्ला वन कार्यालयले खानाको व्यवस्था गरेको छ । ‘रात काट्न निकै गाह्रो छ,’ अछामका शेर कटवालले भने, ‘ओढ्न र ओछ्याउन सामान्य कपडा पनि नहुदा दुःख पाइएको छ ।’ पक्राउ परेका अधिकांश भरिया २० वर्षमुनिका छन् भने केही ६० वर्षमाथिका पनि छन् । विद्यालयको परीक्षा सकेर बसेका बेला काम लगाइदिन्छु भनेर प्रहरी हरि रावलले उनीहरूलाई
ल्याएका हुन् ।
बझाङका डिएसपी सूर्यबहादुर केसीले रक्तचन्दनको मुद्दा जिल्ला वन कार्यालयको भएकाले उसले नै भरियालाई खाने र बस्ने व्यवस्था गर्नुपर्ने बताए । वन कार्यालयमा राख्ने ठाउ“ नभएकाले प्रहरी कार्यालयमा राखेर बयान लिने काम भइरहेको डिएफओ शिवनारायण यादवले बताए । १५ दिन म्याद थपिएका उनीहरू निकै कष्टस“ग दन बिताइरहेका छन् । (सौस)

प्रतिक्रिया