‘सहमतिका लागि अन्तिम पटक समय’

काठमाडौं, २३ चैत । संविधानका बिवादित बिषयमा सहमति खोज्न समयम अप्रयाप्त रहेको भन्दै प्रमुख दलहरुले समय माग गरे पछि कार्यव्यवस्था परामर्श समितिले अन्तिम पटकका लागि समय दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले बिवाद समाधान उपसमितिलाई सहमति जुटाउन बैशाख पहिलो साता सम्मको समय उपलब्ध गराएको हो । बैशाख पाँच गते सम्म बिवाद समाधान उपसमितिबाट प्रमुख दलहरुले राजनीतिक सहमति जुटाउनुपर्ने छ ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच छलफल चलिरहेको भन्दै छिटै निकास आउने बताए । उनले बैशाख चैत ३० गतेसम्म सबै बिषयमा सहमति हुने बताएका छन् ।

यदि बैशाख पाँच गते सम्म सहमति हुन नसके बैशाख ६ र ७ गते भोटिङ मार्फत भएपनि संविधानका बिवादित बिषय टुङगाउने नेताहरुले बताएका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैशाख १५ गते सम्म संविधानको एकीकृत मस्यौदा संवैधानिक समितिलाई बुझाउने बताए । उनले एकीकृत मस्यौदा बनाएपछि खासै समस्या नहुने दाबी गरे ।

शासकीय स्वरुप, न्यायप्रणाली, राज्य पुनसंरचना लगायतका बिषयमा दलहरुका बीच बिवाद छ । कांग्रेस र एमालेले शान्ति प्रक्रिया नटुङगिदा सम्म संविधानका बिवादित बिषयमा समाधान आउन नसक्ने भनेपछि एमाओवादीलाई दबाव परेको छ ।

प्रतिक्रिया