‘खनालको नयाँ थालनी टेलिफोन सम्वाद’

काठमाडौं, २३ चैत । एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि सुझाव लिन प्रत्यक्ष टेलिफोन बार्ताको अभियान थालेका छन् ।

उनले आफ्नै निवास डल्लुमा टेलिफोनको व्यवस्था गरेर जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा वुद्धिजीवीहरुसँग प्रत्यक्ष संवादको थालनी गरेको एमालेले जनाएको छ ।

टेलिफोन मार्फत आउने सुझाव अनुसार शान्ति प्रक्रिया टुङगाउन र संविधान लेखनमा सहयोग गर्ने अध्यक्ष खनालको निजी सचिवालयले जनाएको छ ।

टेलिफोन सुझाव लिने क्रममा आज अध्यक्ष खनालले लमजुङ एमालेका अध्यक्ष जमन्द्रिमान घले, नागरिक समाजका अगुवा बालकृष्ण बराल र बुद्धिजीबी राजेन्द्र बोहोरासंग सुझाब लिएका छन् ।

त्यस क्रममा अध्यक्ष घलेले जेठ १४ भित्रै शान्ती र संविधान निर्माण गरी जनमतको कदर गर्न सुझाव दिए । उनले  सेना समायोजनमा देखिएको बिबाद समाधान गर्न संख्यामा केहि लचकता अपनाउँदा खासै फरक नपर्ने सुझाव दिएका छन् ।

नागरिक समाजका अगुवा  बालकृष्ण बरालले संबिधान बन्दैन कि भन्ने जनताले गरेको चिन्ताप्रति संबेदनशिल बन्न अध्यक्ष खनाललाई सुझाब दिए ।

बुद्धिजीवी प्रतिनिधि राजेन्द्र बोहोराले माओवादी र कांग्रेसभित्र रहेका गलत प्रबृत्ति बिरुद्ध एमाले जुध्नुनपर्ने सुझाव दिए ।

प्रतिक्रिया