खोजखबर

गणतन्त्र नभेटेका “जनता”

सौर्य अनलाइन २०६८ चैत २३ गते २:२६ मा प्रकाशित

सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको ।
जीवन शर्माले गाएको यो गीत रामेछापका योगबहादुर श्रेष्ठले पनि सुनेका होलान् । अनि सोच्दा हुन्– ८० वर्ष पुग्दासम्म मेरो पनि हालत यस्तै नै रहला । उमेरले ८० को आधा मात्र छन् उनी, गीतले बताएका अन्य कुरा भने उनकै समान छन् । काधमा ठूलो भारी, थकाइले निचारेर बाहिर निकाल्ने लामो सास अनि दुःखैदुःखले घेरिएको जिन्दगी ।
उनको जिन्दगीको विवरण यस्तो छ उमेर– ४२ वर्ष, काम– भरिया, परिवार संख्या– नौं, ठेगाना रामेछाप रागाचौर । गरिबी उनको पुख्र्याैली सम्पत्ति हो । त्यसमाथि अज्ञानका कारण लगातार सात सन्तान जन्माए– दुई छोरी र पाच छोरा । ‘पढाउन त कहा सकिन्थ्यो र, यसो अक्षर मात्र चिनाएको छु’ –उनले भने ।
दुई छोरासग बुद्धनगरमा बस्दै आएका योगबहादुर दिनमा भारी बोकेर तीनदेखि पाच सय रुपियासम्म कमाउछन् । छोराहरू पनि मजदुरी नै गर्छन्, इटा उद्योगमा । ‘तीन कक्षाभन्दा अगाडि पढाउन सकिन,’ हीनताबोध छ योगबहादुरलाई– ‘काम नगरे खानै पुग्दैन अनि पढुन् पनि कसरी ?’
काठमाडौंमा भारी बोकेर उनले बीस वर्ष काटिसके, परिवारसग बिछोडिएर । ४० सालमा विवाह गर्दा उनले सपना बुनेका थिए रे– मुनामदनको जस्तो छुट्टिन नपरोस् । सधैभरि सगै बस्ने बरु आधापेट खाने । तर, त्यो त आदर्श मात्र पो हुदो रहेछ । उनले सुनाए– ‘भोको पेटमा कहा त्यसो गर्न सकिदो रहेछ र ? यस्ता उखान हुनेखानेले भन्दा मात्रै सुहाउदो रहेछ । हामीलाई त खानकै लागि संघर्ष गर्नुपर्छ ।’ रामेछापमा उनको सात रोपनी जग्गा छ रे, जति दुःख गरे पनि खान पुग्ने अन्न नदिने ।
बिहान ७ बजे नै बानेश्वरचोक पुगिसकेका हुन्छन् उनी, भारी खोज्दै । नाम्लो उनको सबैभन्दा नजिकको साथी । लगातार काम पाइन्छ भन्ने छैन, नहुदा आफूजस्तै साथीहरूसग गफिएर बस्छन् । कहिलेकाही“ त दिनभरि नै पाइदैन, रित्तै फर्कनुपर्छ । ‘त्यस दिन कोठामा पुगेर खाना खान मन पनि लाग्दैन,’ –उनले दुःख पोखे ।
नजिकै संविधानसभा भवन छ । यतातिर हेर्ने उनको दृष्टि सम्मानजनक छैन, नमीठो आक्रोश छ उनको बोलीमा । ‘हाम्रा सपना लुटेर मोज गर्ने बस्छन् त्यहा“,’ उनले यसै भने । संविधानसभाको चुनावमा भोट हाल्दा अब त केही गर्लान् कि भन्ने लागेको थियो रे । अब त आसै मरिसकेको बताउछन्– ‘त्यहा बस्नेहरू त आङ्खनो मात्र भविष्य हेर्छन्, हामीलाई महगीको मारमा छाडिदिन्छन् ।’
कति बोक्न सक्छन् त उनी एकपटकमा ? ‘एक क्विन्टल, वस्तुको तौलअनुसार ज्याला लिने गरेको छु । न्यूनतम ५० देखि तीन सय रुपिया“सम्म ।’ उनका अनुसार मासिक १२ हजार रुपिया त उनले घरखर्च मात्रै पठाउनुपर्छ । केही हुन्छ कि भनेर मजदुर संगठनतिर पनि ढल्किए उनी । तर, अहिले निष्कर्षमा पुगेका छन्– ‘त्यहा पनि हामीजस्ताको श्रम शोषण नै हुदो रहेछ । दुई वर्ष भयो सदस्यता रिन्यु गरेको छैन । गर्न मन पनि छैन ।’
रामेछापस्थित उनको दुर्गम गाउ क्षेत्र नं २ मा पर्दोरहेछ । त्यो क्षेत्रबाट दुईजना सभासद् छन् रे अहिले, माओवादीका तर्फबाट । उनी सम्झन्छन्– ‘चुनावमा तिनीहरूको प्रचारमा खुब हिडियो । अहिले हामीलाई नै उपेक्षा । पञ्चायतभन्दा फरक भएन मेरा लागि गणतन्त्र ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय