पूर्वआइजिपी खरेललाई सफाइ

काठमाडौं, २२ चैत । विशेष अदालतले पूर्वआइजिपी अच्युतकृष्ण खरेललाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले पूर्वआइजिपी खरेलले सार्वजनिक पदमा रहदा आर्जन गरेको कुल आयमध्ये दुई लाख ६८ हजार रुपिया कम देखिएको ठहर गरेपछि उनले सफाइ पाएका हुन् ।
अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र  केदारप्रसाद चालिसेको इजलासले बुधबार खरेललाई सफाइ दिएको हो । खरेलसंग रहेको कुल सम्पत्तिमध्ये दुई लाख ६८ हजार ४ सय २५ रुपिया“ ८५ पैसा अझै कम देखिएकाले भ्रष्टाचार गरेको भन्न नमिल्ने अदालतको फैसलामा उल्लेख छ । यस्तो फैसला अदालतले पहिलो पटक गरेको हो ।
‘खरेलसंग वैध आम्दानीभन्दा कम सम्पत्ति रहेको देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने अभियोग दाबी पुग्न सक्दैन,’ अदालतले आदेशमा भनेको छ ‘अख्तियारको दाबी पुग्न नसक्ने भएपछि खरेल, उनकी पत्नी मीना र छोरा आयुषले अभियोगबाट सफाइ पाउने ठहर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवाजस्तो सार्वजनिक पदमा रहदा खरेलले एक करोड ६३ लाख ३६ हजार एक सय ३० रुपियाबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सात वर्षअघि मुद्दा चलाएको थियो । ३० वर्ष पाच महिना २२ दिन प्रहरी सेवामा रहदा खरेलले गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारजनका नाममा लुकाइछिपाई राखेको ठहर गर्दै अख्तियारले ३२ साउन ०६१ मा मुद्दा चलाएको थियो ।
अख्तियारले उनीसग रहेको कुल दुई करोड ५६ लाख ९० हजार ६ सय ३२ सम्पत्तिमध्ये ९३ लाख ५४ हजार पाच सय एक बराबरको सम्पत्ति मात्र वैध भएको ठहर गरेको थियो । अख्तियारले एक करोड ६३ लाखबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको जनाएको थियो। अख्तियारको मागदाबीप्रति असहमति जनाउदै विशेषले आङ्खनो फैसलामा भनेको छ, ‘उनले भ्रष्टाचार गरेको भन्ने मागदाबी पुग्न सक्दैन, त्यसैले उनको परिवारले गैरकानुनी सम्पत्ति राखेको पनि देखिन आएन ।’ अदालतको आदेशसगै खरेल र उनको परिवारका नाममा रहेको घर, जग्गा, गाडी, सेयर, बैंक ब्यालेन्सले वैधता पाएको छ ।
विशेषले खरेललाई सफाइ दिने फैसला सुनाए पनि मंगलबार अर्का पूर्वआइजिपी मोतीलाल बोहराले भने भ्रष्टाचार गरेको ठहर गरेको थियो । अदालतले उनलाई डेढ वर्ष कैद र ५३ लाख बिगो तथा जरिवानाको फैसला सुनाएको थियो ।
खरेलको भ्रष्टाचार मुद्दामा २४ फागुन ०६३ मा विशेषका तत्कालीन तीन न्यायाधीशको इजलासले पनि सफाइ दिएको थियो । हदम्यादको कारण देखाई त्यतिबेला सफाइ दिए पनि यसपटक विशेषले तथ्यभित्र प्रवेश गरी सफाइ दिएको हो ।
त्यसबेला सफाइ दिने विशेषको फैसलाप्रति असहमति जनाउदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले गत २७ कात्तिकमा हदम्यादको कारण देखाई सफाइ दिने विशेषको त्यस फैसलालाई बदर गरेपछि पुनः विशेषमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया