विवाद थाती राखेर समायोजन कार्ययोजना पारित

काठमाडौं, माओवादी लडाकुको रेखदेख तथा समायोजन विशेष समितिले ३० चैतभित्र समायोजन सक्ने सचिवालयको कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साझ बसेको बैठकले छनोट समिति, महानिर्देशनालय गठन, तालिम अवधि र दर्जा निर्धारणमा रहेको विवाद भने सुल्झाउन सकेन ।
विवाद यथावत् राख्दै सचिवालयले प्रस्तुत गरेको १६ बुदे समायोजन कार्यविधि पारित गरिएको हो । यसअघि विवाद रहेका छनोट समिति, महानिर्देशनालय गठन, तालिम अवधि र दर्जा निर्धारणका विषयमा भने आइतबार छलफल गर्ने सहमति भएको छ । विवादमा सहमति जुटाउदै जाने र समायोजन प्रक्रियालाई पनि अघि बढाउने निर्णय विशेष समितिले गरेको हो ।
समायोजनमा जाने बढीमा ६ हजार पाच सय लडाकु भने ३० चैतसम्म नेपाली सेनामातहत पठाउने निर्णय विशेष समितिले गरेको छ । समायोजनमा जाने लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउनुअघि पुनर्वर्गीकरण गरिने भएको छ । शिविरमा रहेका नौ हजार सात सय लडाकुलाई समायोजन, पुनस्र्थापना वा स्वेच्छिक अवकाश रोज्न पुनः मौका दिइने भएको छ । पुनर्वर्गीकरणको काम शुक्रबारदेखि नै सुरु हुने विशेष समिति सदस्य भीम रावलले बताए । पुनर्वर्गीकरणबाट पनि बढी संख्या भएमा बाध्यात्मक रूपमा स्वेच्छिक अवकाशमा पठाइने भएको छ ।
विशेष समिति बैठकले समायोजनको व्यवस्थापन, समायोजन केन्द्र र तालिम प्रक्रियालगायतबारे भने सहमति गरेको छ । जसअनुसार पुनर्वर्गीकरण सकिएपछि ६ हजार पाच सय लडाकुलाई नेपाली सेनाको जिम्मा लगाइनेछ । त्यस्तै, कन्टेनरमा रहेका माओवादीका हतियार पनि ३० चैतभित्र सरकारको जिम्मामा आउनेछन् । ‘छनोट समिति, महानिर्देशनालय गठन, तालिम अवधि र दर्जा निर्धारणका चारवटा विषयबाहेक अन्यमा सहमति भएको छ,’ विशेष समिति सदस्य रावलले सौर्यस“ग भने, ‘अब ३० चैतसम्म माओवादीका लडाकु र हतियार सरकारमातहत आइसक्छन्, शिविर खाली भइसक्छ ।’

प्रतिक्रिया