पत्रकार पौडेलको हत्या

झापा, २२ चैत । झापाका क्रियाशील पत्रकार यादव पौडेलको मंगलबार राति हत्या भएको छ । बुधबार बिहान १ बजे शनिश्चरे–७, बसपार्कनजिक रहेको पूर्वाञ्चल सेकुवा कर्नर एन्ड गेस्टहाउसमा उनी मृत अवस्थामा फेला परेका हुन् ।
राजधानी दैनिक र एभिन्युज टेलिभिजनका संवाददाता पौडेलको शव गेस्टहाउसअगाडि पल्टिएको अवस्थामा भेटिएको थियो । घटनास्थलको प्रकृतिका आधारमा आक्रमणकारीसित उनको घम्साघम्सी परेको प्रहरी अनुमान छ । घटनास्थलमा उनको फाटेको जिन्सपाइन्ट र शवभन्दा केही पर चस्मा भेटिएको थियो । घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल बरामद गरेको छ ।
‘घम्साघम्सी धेरै भएपछि हत्या भएको हुन सक्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले भने, ‘घम्साघम्सीकै क्रममा घा“टीमा झिर प्रहार भएको देखिन्छ ।’ पौडेललाई हत्यापछि होटेलको छतबाट तल झारिएको उल्लेख गर्दै एसपी लम्सालले भने, ‘उनको दाहिने हातसमेत भाचिएको छ ।’
स्रोतका अनुसार पौडेलसग दिउसोदेखि होटेल व्यवसायी संघ झापाका पूर्वअध्यक्ष युवराज गिरी होटेलमा सगै थिए । नया पत्रिका निकाल्ने सल्लाह गर्न उनीहरू सगै बसेका हुन् । गिरी प्रकाशक र पौडेल सम्पादक भएर आगामी १ वैशाखबाट उज्यालो दैनिक पत्रिका प्रकाशनको तयारी थियो ।
पौडेलनिकट एक पत्रकारका अनुसार गिरीले पत्रिकाबारे केही सल्लाह गर्नु छ भनेर उनलाई कृषिथोक रोडमा रहेको होटल डेनियलमा बोलाएका थिए । ‘बेलुकी ५ बजेदेखि दुवैजना सगै थिए,’ ती पत्रकारले भने । घटना अनुसन्धानका सिलसिलामा प्रहरीले अनुसन्धानका लागि गिरीसहित २२ जनालाई नियन्त्रणमा लिएको छ । पूर्वाञ्चल होटेल एन्ड सेकुवा कर्नरका सञ्चालक मञ्जु ढकाल र सोमनाथ ढकाल पक्राउ परेका छन् ।
एसपी लम्सालले घटनाको विषयमा सूक्ष्म अनुसन्धानका लागि प्रहरी सक्रिय रहेको बताए । उनले भने, ‘प्रहरी अपराधीनजिक पुगेको छ, दुई दिनमा अनुसन्धान टुंगिनेछ ।’ प्रहरीले डिएसपीको नेतृत्वमा एउटा अनुसन्धान टोली खटाएको छ ।
झापाका सिडिओ नरेन्द्रराज शर्मा दाहालले घटनाका विषयमा प्रशासन गम्भीर रहेको बताए । उनले भने, ‘पीडित परिवारका लागि क्षतिपूर्ति र छोराछोरीको शिक्षाका विषयमा सरकारलाई जानकारी गराएको छु ।’
नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजीले समग्र सञ्चारजगत् त्रसित र मर्माहत भएको बताए । उनले भने, ‘समग्र सञ्चारकर्मी र उनका परिवार त्रसित छन् ।’
यसबीच, झापा पत्रकार महासंघले घटना नियोजित र षड्यन्त्रमूलक भएको बताएको छ । अध्यक्ष गणेश पोखरेलले भने, ‘पौडेललाई समूहले आक्रमण गरेको हो ।’ उनले समग्र सञ्चारकर्मी असुरक्षित भएको बताउदै तीन दिनसम्म शाखाका सम्पूर्ण काम–कारबाही बन्द गर्ने उल्लेख गरे । महासंघको विज्ञप्तिअनुसार जिल्लाका रेडियोले शोकधुन र छापामाध्यमले शोक सन्देश प्रकाशित गर्नेछन् ।
यसबीच, मृतक पत्रकार पौडेलको दाहसंस्कार गरिएको छ । कन्काई नदीमा गरिएको दाहसंस्कारमा हजारा झापालीले हत्यारालाई कारबाहीको माग गरेका थिए ।

आसुमा डुब्यो परिवार
पत्रकार पौडेलको हत्या गरिएपछि मोरङको सि“जुवा–९ सौठामा रहेको उनको परिवार आसुमा डुबेको छ । ६५ वर्षीया आमा आङ्खनो छोराको वेदनाले मूच्र्छित छिन् ।
पौडेल परिवारमा एक्लो छोरा हुन् । उनका चार दिदीबहिनी छन् । ‘पूरै गाउ शोकमा परेको छ,’ छिमेकी यादव विष्टले बताए । हत्याको खबरपछि बिहानै परिवारसहित गाउलेहरु दाहसंस्कारस्थल झापाको माइधाम (माइखोला) आएका छन् ।
हत्यापछि उनको चारजनाको परिवारको बिचल्ली भएको छ । उनकी श्रीमती सोनमले राज्यले सुरक्षा दिन नसकेर पतिको हत्या भएको बताइन् । उनले भनिन्, ‘बच्चाको पालनपोषण र शिक्षाको जिम्मा सरकारले लिनुपर्छ ।’

हत्याको सर्वत्र भत्र्सना
झापाका पत्रकार यादव पौडेलको हत्याको सर्वत्र भत्र्सना गरिएको छ  । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगदेखि विभिन्न पेसागत संघसंस्थाले पत्रकार पौडेलको हत्याको निन्दा र भत्र्सना गरेका हुन् ।
प्रधानमन्त्री डा. भट्टराईले बुधबार विहानै महासंघका अध्यक्ष शिव गाउ“लेलाई फोन गरी घटनाका दोषीलाई कारबाही गर्न सरकारले कुनै कसर बाकी नराख्ने जनाएका छन् । ‘प्रधानमन्त्री डा भट्टराईले पत्रकारको हत्या सामान्य घटना नभएको भन्दै लोकतन्त्र र नागरिक अधिकारमाथिको आक्रमण्ँका रुपमा आफूले लिएको बताएका छन्,’ महासंघ अध्यक्ष गाउलेले भने । उनका अनुसार प्रधानमन्त्रीले घटनाप्रति गहिरो दुःख समेत प्रकट गरेका छन् । महासंघले  पौडेलको हत्याको घोर भत्र्सना गर्दै घटनामा संलग्न दोÈीउपर कडा कारबाही तथा पीडित परिवारलाई न्याय र राहतको माग गरेको छ । उक्त घटनाबाट महासंघ स्तब्ध भएको महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घटनाको छानबिन विवरण्ँ तत्काल सार्वजनिक गर्न पनि महासंघले माग गरेको छ ।
महासंघको बुधबार बिहान बसेको आकस्मिक बैठकले घटनाबारे छानबिन गर्न सात सदस्यीय टोलीसमेत गठन गरेको छ । महासंघले पौडेलको हत्याको विरोध गर्दै देशभर शोकसभा आयोजना गरेको छ ।

प्रतिक्रिया