पूर्व महानिरीक्षक खरेलले सफाई पाए

पूर्व महानिरीक्षक खरेलले सफाई पाए
काठमाडौं, २२ चैत । नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युत कृष्ण खरेलले आज सफाई पाएका छन् ।

बिशेष अदालतमा भएको अन्तिम फैसला पछि खरेलले सफाई पाएका हुन् । उनले पदीय मर्यादा विपरित अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा खेपिरहेका थिए ।

खरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेषमा मुद्धा दायर गरेको थियो ।

यस अघि हिजो बिशेष अदालते नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहरालाई डेढ बर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया