शीर्ष नेताहरुसँग कार्यव्यवस्थाले जानकारी लिने

काठमाडौं, २२ चैत । संविधानका बिवादित बिषयमा राजनीतिक सहमति जुटाउन प्रमुख दलहरुले पटक/पटक समय माग गर्न थालेपछि संविधानसभा कार्यव्यवस्था परामर्श समितिले शीर्ष नेतृत्वसंगै छलफल गर्ने निष्कर्षमा पुगेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आज सिंहदरबारमा बसेको बैठकले बिवाद समाधान उपसमितिका सदस्य र प्रमुख दलका शीर्ष नेताहरुसंग बिवाद अन्त्यका क्रममा भएका हालसम्म भएका प्रगतिका बारेमा जानकारी लिने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले शान्ति प्रक्रिया र संविधानका बिवादित बिषयमा प्रमुख शीर्ष नेताहरुले के कति काम गरेका हुन् त्यसको जानकारी लिन आवश्यक रहेको प्रस्ताव गरेपछि अन्य सदस्यले समर्थन जनाएका थिए ।

समर्थन पछि शुक्रबार एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुसंग बिवादित बिषयमा भएका प्रगतिको बारेमा समितिले जानकारी लिने सचिवालयले जनाएको छ ।

बिवाद समाधान उपसमितिले सहमतिका लागि भन्दै पुनः समय माग गरेपछि त्यस बिषयमा छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । शुक्रबारको छलफल पछि उपसमितिलाई समय दिईने छ ।

बिवाद समाधान उपसमितिलाई सयय दिएपनि हाल सम्म उसले शासकीय स्वरुप, न्यायप्रणाली, राज्य पुनर्संरचनालगायतमा सहमति कायम गर्न सकेको छैन ।

प्रतिक्रिया