विराटनगर, २२ चैत । झापाको विर्तामोडमा पत्रकार यादव पौडेलको हत्या भएको खबर पाएका मोरङ सिँजुवाका स्थानीयहरु शोकमग्न भएका छन् ।
पत्रकार पौडेलको स्थायी घर मोरङको सिँजुवा–९, सौठा बिहानैदेखि शोकमा रहेको छ । ताप्लेजुङबाट बसाईसराई पछि पौडेल परिवार सिँजुवामा स्थायी वसोवास गर्न थालेको थियो ।
परिवारमा एक्लो छोरा र चार दिदी वहिनीका एक्ला पौडेलका आमा, श्रीमती सहित एक छोरा र एक छोरी छन् । उनका वुवाको स्वर्गारोहण भैसको छ ।
छोराको हत्या थाहा पाएपछि ६५ वर्षीया वृद्धा आमा, दिदी, वहिनी र नातेदारहरु मात्र हैन पुरै गाउँ शोकाकुल भएको सहपाठी यादव विष्टले वताए ।
पत्रकार पौडेलको हत्याको खवर सुनेपछि सिँजुवावाट आमा, दिदी वहिनीसहित झण्डै दुई स्थानीय गाउँलेहरु झापाको माईधाम पुगेको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरमा पत्रकार यादवको पोष्टमार्टम सम्पन्न भैसकेको र उनको शवलाई झापाको विराटपोखरमा रहेको काकाको घरमा पुराएर धार्मीक विधि अनुसार दाहसँस्कारका लागि माईधाम लगिने छिमेकी विनोद घिमिरेले जानकारी दिए ।
पत्रकार यादवको हत्या भएको खवरले मोरङ र सुनसरीका पत्रकारहरु पनि शोकमग्न भएका छन् ।
पत्रकार महासंघ मोरङले पत्रकार यादवलाई श्राद्धान्जिली दिन महासंघमा उनको तस्बिर सहित शोक पुस्तिका राखेको छ ।
पत्रकार पौडेलको हत्याको खवर पाएपछि सुनसरी र मोरङका पत्रकारहरु ठूलो संख्यामा झापामा पुगेका छन् ।
गत ५ वर्षदेखि सकृय रुपमा पत्रकारिता गर्दै आएका पौडेल, श्रीमती, छोरा र छोरीलाई आफूसँगै झापाको विर्तामोडमा राखेका थिए ।
उनी एभिन्यूज टेलिभिजनका स्थानीय संवाददाता हुन । उनी देशान्तर साप्ताहिक र स्थानिय पत्रपत्रिकामा समेत सकृय थिए । पौडेल निडरस्वभावका पत्रकार मानिन्थे । उनी नेपाल प्रेस युनियनका झापाका पूर्व सचिव समेत हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक मोहन शर्माले हत्यामा संलग्नहरुको पहिचान भैसकेको र सबै जना दुईदिनभित्रै पक्राउ पर्ने वताएका छन् । प्रहरीले हत्यामा संलग्न रहेका केही आरोपितलाई पक्राउ समेत गरेको छ ।
प्रतिक्रिया