फरार अभियुक्त पक्राउ

काठमाडौं, काठमाडौंको पेप्सीकोलास्थित काडाघारीमा भएको गोली काण्डमा संलग्न फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे भकुन्डेबेंसी सिसाखानी–३ का २६ वर्षीय विक्रम लामा छन् ।
६ माघ ०६६ मा भएको गोलीकाण्डमा दोलखा शैलुङ्गेश्वरी–१ का कक्षा पा“चमा अध्ययनरत सन्तोष कार्कीको अनाहकमा ज्यान गएको थियो । महानगरीय प्रहरी वृत्त अपराध शाखा बानेश्वरबाट  खटिएको विशेष टोलीले लामालाई सोमबार पेप्सीकोलाबाट पक्राउ गरेको हो । स्थानीय रत्न लामाले घर बनाउने क्रममा सडकमा गिटी झारेपछि बाटामा हिड्न अप्ठ्यारो भयो भन्दै स्थानीय बासिन्दासग विवाद भएको थियो । विवाद चर्क“दै गएपछि लामाका छोरा पाल्तेन , फुर्वा र छिरिङले १५ १६  युवालाई तीनवटा मोटरसाइकलमा बोलाएर स्थानीयवासीलाई कुटपिट गरेका थिए ।
विवादकै क्रममा भक्तपुर चितपोल– ४ बस्ने २७ वर्षीय रामेश्वर श्रेष्ठले अन्धाधुन्ध गोली चलाएका थिए । गोली लागेर सन्तोषसहित  चार स्थानीय बासिन्दा घाइते भएका थिए । उपचारका क्रममा सन्तोषको मृत्यु भयो भने अरु बा“च्न सफल भए । घटनालगत्तै गोली चलाउने रामेश्वरलाई भने स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
लामालाई काठमाडा“ै जिल्ला अदालतले ३ फागुन २०६६ मा  मुलुक ऐन ज्यानसम्बन्धी महलबमोजिम वारेन्ट जारी गरेको थियो । (सौस)

प्रतिक्रिया