‘संस्थापनकै असन्तुष्ट विद्यार्थीद्धारा धर्ना’

काठमाडौं, २१ चैत । नेपाल विद्यार्थी संघको संस्थापन समूहले महाधिवेशनको मिति छिटो घोषणा गर्न दबाव दिदै आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवा समूहले नेविसंघ गठनलाई लिएर संघर्ष गरिरहेका समयमा संस्थापन समूहकै असन्तुष्ट पक्षले धर्ना दिएको हो ।

देउवा समूहले जम्बो कार्य समिति बनाएको भन्दै सडक आन्दोलन समेत गर्दै आएको छ । यसै बिषयलाई लिएर नेविसंघ घेराउ गर्न पुगेका देउवा समूहका विद्यार्थी र प्रहरीबीच पुतलिसडकमा झडप समेत भई सकेको छ ।

धर्नाका क्रममा नेविसंघका कार्यकर्ताले महाधिवेशनको मिति छिटो तोक्न माग गरेका थिए । उनीहरुले नेविसंघ गठनका क्रममा पार्टी नेतृत्वले ठूलो कार्यसमिति बनाएको प्रति समेत बिरोध गरेका थिए ।

संस्थापनकै असन्तुष्ट नेविसंघ नेताहरुमा निर्वतमान अध्यक्ष प्रदीप पौडेल, युवा नेता गगन थापालगायत रहेका छन् ।

प्रतिक्रिया