माओवादी सभासद बिरुद्ध पक्राउ पूर्जी जारी

बीरगन्ज, २१ चैत । प्रवेशीका परिक्षामा खेताला परीक्षर्थी राखेको आरोपमा प्रहरीले मकवानपुरबाट प्रतिनिधित्व गर्ने एकीकृत माओवादी सभासद प्रेमबहादुर पुलामी विरुद्ध आज पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत रौतहटले अदालतमा उपस्थित गराउन आदेश दिएपछि रौतहट प्रहरीले माओवादी सभासद पुलामी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सभासद पुलामीलाइ पक्राउ गर्न अञ्चल प्रहरी कार्यालय बीरगन्ज र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा पनि पत्रचार गरेको छ ।

माओवादी सभासद पुलामीको साट्टो परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका साहित्य लामा रौतहट प्रहरीको हिरासतमा छन् । सशस्त्र प्रहरीका नायब उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा रहेको परीक्षा अनुगमन समितिले लामालाई गत चैत १५ गते रौतहटको जुडीबेला मावि परीक्षा केन्द्रबाट पक्राउ गरेको थियो ।

मकवानपुरको नामटार–८ निवासी लामा नातामा सभासद पुलामीका साला हुन । रौतहट चन्द्रनिगापुरको जनज्योति उच्च माविबाट प्रवेशीका परीक्षाको फर्म भरेका सभासद पुलामीले आफनो सट्टा लामालाई परीक्षा दिन लगाएका थिए ।

सभासद पुलामी मकवानपुर क्षेत्र नम्बर दुईबाट माओवादीका तर्फबाट निर्वाचित सभासद हुन् ।

प्रतिक्रिया