समिनको भावना शोभाकरले बुझे पो !

समिन कोइरालाले कत्तिको मीठो खाना पकाउछिन्, उनी आफैंलाई पनि थाहा छैन । कहिलेकाही नुन नलाग्न पनि सक्ला तर उनका पति शोभाकर पराजुली उति साह्रो गुनासो  गरिहाल्दैनन् । न त कुनै दिन मीठो भएछ भनेर प्रशंसा नै गरिदिएका छन् । यस हिसाबले समिनको भान्सामा यो परिकारचाहि छुट्नै हुदैन है भन्ने पनि छैन रे † ‘हाम्रो परिवार खानामा त्यति साह्रो सोखिन छैन’, उनले सुनाइन्– ‘खाना नमिठो भएर रिसाउलान् भन्ने टेन्सन नै छैन, अहिलेसम्म यस विषयमा कुनै ठाकठुक परेको छैन ।’ उनले विश्वास देखाइन्– ‘सायद अब पनि पर्दैन होला ।’ समिन आफै पनि खानेकुराका मामिलामा उति सोखिन छैनन् रे † सुनाइन्– ‘अलिअलिचाहि म अल्छी पनि छु ।’
बिहान बेडमै चिया खानुपर्ने रहेछ उनलाई । सहयोगीले पुर्‍याइदिदा रहेछन् । खानाचाहि आफै बनाउनुपर्छ भन्ने छ उनलाई । तर सात नबजेसम्म उनी भान्सामा प्रवेश गर्दिनन् । प्रायः तरकारी एउटा मात्रै बनाउछिन् उनी । त्यसो त भ्याउन पनि गाह्रो छ, नेपाल सहकारी वित्तीय संस्थाकी यी उपसहायकलाई । फुर्सद कमै मिल्छ । भान्सा सफा गरु“ भन्ने लागिरहन्छ, तर दिदैन त उही समयले । ब्रेकफास्ट खाने संस्कृतिले उनको घरमा प्रवेश गरिसकेको रहेनछ ।
बिदा वा फुर्सदमा माननीयज्यू घरमा हुदाचाहि अलि मीठोमसिनो पकाउने जागर चल्दो रहेछ उनलाई । सबैभन्दा बढी पाक्ने साग हो । छोराछोरी घरमा हुदा आलुपरौठा, खीर, पुरी, चिकेन पनि पकाउदी रहिछन् । ‘तर के गर्नु, उहा चुपचाप खानुहुन्छ । सोधिहाले मीठो छसम्म चाहि भनिदिनुहुन्छ’ उनले हा“स्दै सुनाइन् । माननीय सभासद्ज्यू कहिलेकाही श्रीमतीलाई भान्सामा सघाउदा पनि हुन् त ? त्यसका लागि त समिन बिरामी नै हुनुपर्छ रे † तर शोभाकरले भान्छा सम्हालेको दिन मीठोचाहि“ लाग्दो रहेछ समिनलाई । ‘म साग पकाउदा मेथी मात्र झान्छु । ‘उहा“चाहि“ अलैंचीदेखि सबै मसला, गाजर हालेर मसालेदार बनाउनुहुन्छ’, प्रशंसापछि थोरै छेड पनि हान्न भ्याइन् उनले– ‘तीन वर्षमा एकचोटि पकाउदा अलिकति मीठो त भई नै हाल्छ नि †’
सधैं आफूले पकाएका खानुभन्दा टेस्ट चेन्ज गर्न पाए हुन्थ्योजस्तो लाग्छ समिनलाई । भाउजूले पकाएको खानाका अगाडि उनलाई अरु सबै स्वाद फिका लाग्दो रहेछ । सोच्छिन्– कहिलेकाही त श्रीमान्ले आज यो खाऊ भने हुने नि ? तर, सोझा सभासद्ले कहिल्यै उनको भावना बुझे पो † भान्साको सामान खरिद गर्दा पनि कहा सरसहयोग गर्दा रहेछन् र ? ‘कहिलेकाही त ल आज यो पकाऊ भनेर ल्याइदिनु नि’ –समिन यसो भनिरहेकी थिइन् । छेवैमा रहेका पति मुसुमुस हासिरहे । सोचे होलान्– संविधान बनाउनुपर्ने मान्छे यस्ता भान्सामा के अड्केर बस्नु † घरमा पाहुना आउदा पनि भान्सामा समिन मात्रै हुदी रहिछन् । बरु आएका पाहुनाले यसो सघाएजस्तो गर्छन रे, पतिलाई वास्तै छैन । अरूले सहयोग गरिदिदा समिनलाई रमाइलो लाग्ने गरेको रहेछ ।
खाना डढेका दिन त उनका पनि थुप्रै रहेछन् तर पनि सकेसम्म सचेत हुने प्रयास  गर्दी रहिछन्– ‘म त एकदम केयरफुल छु । तरकारी काट्दा हात काट्ने, भाडा बज्ने हुदैन मेरो भान्सामा ।’ बहिनी भन्छिन् रे– ‘भान्सामा भाडासग फुटबल नखेले, दुई–चार गिलास नफुटे भान्सामा बस्नाको के रमाइलो ?’ तर समिन भान्सामा यी कुरा कहिल्यै गर्नु नपरोस्  सोच्दी रहिछन् । खाना पकाउन उनले माइतीमा आमा र दिदीले पकाएको हेरेर सिकेकी रहिछन् । ‘अरूले पकाएको हेरेरै सिक्छु म’, उनले दाबी गरिन्– ‘देखेपछि सिकिहाल्न सक्ने खुबी छ ।’

प्रतिक्रिया