राजा चाहियो नभन्नुसः ज्ञानेन्द्र

कैलाली, २० चैत । ‘तपाईंहरू यतिखेर राजा चाहियो नभन्नुस् तर राष्ट्रियताको मात्र चिन्ता बोक्नुस्,’ सक्रिय शासनमा आउन सुदूरपश्चिमका राजावादीले दिएको बिन्तीपत्र बुझ्दै पूर्वराजा ज्ञानेन्द्र शाहले गेटा विमानस्थलमा भने, ‘राजावादी दलहरू एक भए राष्ट्रियता बलियो हुनेछ ।’
पा“चदिने सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्कने बेला शाहलाई विमानस्थलमा राजावादीले बिन्तीपत्र चढाएका थिए । राजनीतिक दलहरूले मुलुकलाई बीचबाटोमा अलपत्र छाडेकाले सक्रिय हुन र ‘मुलुकलाई गन्तव्यसम्म डोहोर्‍याउन’ अनुरोध गर्दै बिन्तीपत्र दिएपछि शाहले विमानस्थलपरिसरमै पढेका थिए र भनेका थिए, ‘राजा र राजसंस्था चाहियो नभन्नुस् तर राष्ट्रियताको चिन्ता बोक्नुस् ।’
राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, शिवसेना नेपाल तथा पूर्वपञ्च सम्मिलित पूर्वराजाको स्वागत समारोह आयोजक समितिको नाममा १८ चैतमै बिन्तीपत्र चढाइने योजना थियो तर पूर्वराजाको आन्तरिक भेटघाटमा व्यस्तता बढेपछि आज गेटा विमानस्थलमा बिन्तीपत्र चढाइएको थियो ।
विमानस्थलपरिसरमा शाहले आफूनिकट भनिएका दलहरू ससाना समूहमा भएर प्रभावहीन भएको बताएका थिए । उनले सबै दल एकआपसमा एकजुट भएर राष्ट्रियताका लागि अघि बढ्न निर्देशन दिएको राप्रपा नेपाल कैलालीका सचिव तथा मूल स्वागत समारोह समितिका सचिव छत्र शाहीले बताए । राजसंस्था चाहने दलहरू एक भएर राष्ट्रियताका लागि काम गरे समस्या समाधान हुने पूर्वराजाले बताएको शाहीले जानकारी दिए ।
बिन्तीपत्रबाहेक पूर्वराजालाई राजावादीले सुदूरपश्चिमका पहाडी जिल्लामा बाटो पुर्‍याइदिन र सुदूरपश्चिममा बन्द भएका विमानस्थल सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् । यस्तै उनीहरूले सुदूरपश्चिमका धार्मिक स्थल भ्रमण गर्न बाकी रहेको जानकारी गराउदै पुनः भ्रमणमा आउन निम्तो पनि दिएका छन् । प्रत्युत्तरमा पूर्वराजाले समय मिलाएर पुनः भ्रमणमा आउने प्रतिबद्धता जनाउदै अर्कोपटक भ्रमणमा आउदा डडेल्धुराको उग्रतारा, बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी र ठूला केदारेश्वर, अछामको वैजनाथ, बझाङको सुर्मा सरोवरलगायतका धार्मिकस्थलको भ्रमण गर्ने बताएको उनलाई उद्धृत गर्दै आयोजकले जनाएको छ ।
पूर्वराजा शाहले पाचदिने सुदूरपश्चिम भ्रमणक्रममा आत्मीयता गास्न पाएको र खुसी लागेको बताएका थिए ।
पूर्वराजाको भ्रमणका क्रममा स्थानीय आयोजकले ६ लाख रुपिया खर्च भएको जनाएको छ । होटेल, खानपान, यायायात, हवाई भाडाको सम्पूर्ण खर्च भने शाहले नै तिरेको आयोजक समितिले जनाएको छ । पूर्वराजा शाह पाच दिनसम्म धनगढीस्थित होटेल रुबसको स्विट रुममा बसेका थिए । उनीस“गै आएका दुई स्वकीय सचिव तेस्रो तला र दोस्रो तलामा बसेका थिए । यस्तै, सुरक्षार्थ आएका मेजर र क्याप्टेन अलग–अलग कोठामा तथा अन्य सुरक्षाकर्मी शाहले आन्तरिक छलफल गर्ने हलमा बसेका थिए । शाह १.३० बजेको बुद्ध एयरको नियमित उडानबाट राजधानी फर्केका हुन् ।

हिमानी दोलखामा
काठमाडौं, पूर्वयुवराज्ञी हिमानी शाह दोलखाको चरिकोट पुगेकी छन् । सोमबार साझ ५ बजे दोलखा पुगेकी शाहले हिमानी ट्रस्टद्वारा सञ्चालित विभिन्न परियोजनाको निरीक्षण तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ । शाह मंगलबार जाल्पादेवी निमाविको खानेपानी योजना शिलान्यासपछि नाम्दु जाने कार्यक्रम छ । नाम्दुको बुस्ती निमाविको नवनिर्मित भवन निरीक्षण र कम्प्युटर हस्तान्तरण कार्यक्रमपछि जिरी पुगेर जिरेश्वरी महादेव दर्शन गरीकाठमाडौं फर्कने कार्यक्रम रहेको बुझिएको छ । (सौस)

प्रतिक्रिया