‘शान्ति र संविधानका बाधकसँग प्रतिरोध हुन्छ’

काठमाडौं, २० चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरेकोमा आपत्ति जनाएका छन् ।

संस्थापन पक्षको आज राजधानीमा भएको भेलाका क्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले बैद्य समूहले शान्ति र संविधानका नाममा समानान्तर गतिविधि गरेर गलत गरेको आरोप लगाए । भेलामा सहभागी नेताहरुका अनुसार शान्ति र संविधानमा बैद्य समूहले बिरोध गरे त्यसको प्रतिकार गर्ने चेतावनी समेत दाहालले दिएका छन् ।

त्यसै गरेर अध्यक्ष दाहालले शान्ति प्रक्रिया र संविधानको काम अगाडि बढि सकेको भन्दै अब पछि फकर्ने पक्षमा आफू नरहेको बताए ।

उनले भने, ‘शान्ति र संविधानको काम धेरै अगाडि बढि सकेको छ, छिट्टै निकास आउछ, म पछाडी फकर्ने पक्षमा छैन ।’

बैद्य समूहको सहभागिता नरहेको संस्थापन समूहको भेलामा नारायण दाहाल, हेमन्त प्रकाश ओली लगायतका केन्द्रीय नेतृत्वको उपस्थिति थियो ।

 

‘बैद्य समूहको हस्ताक्षर’

काठमाडौं, २० चैत । एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले आजदेखि जनसंविधान र राष्ट्रियताका लागि भन्दै मुलुक भरी हस्ताक्षर अभियान सुरु गरेको जनाएको छ ।

अभियान २ सय ५० निर्वाचन क्षेत्रमा चलाउने बैद्य समूहले जनाएको छ । शान्ति, जनसंविधान, राष्ट्रियता, जनजीविका, राष्ट्रिय सहमतिको सरकार र पहिचान सहितको संघीयताको मागसहित आन्दोलनमा उत्रिएको बैद्य समूहले साना संघसंगठनलाई मोर्चा बन्दी समेत गरेको छ ।

राजधानीका बानेश्वर, कोटेश्वर, बौद्ध, चाबहिल, बसुन्धरा, गोंगबु, बालाजु, इन्द्रचोक, कलंकी र कीर्तिपुरमा हस्ताक्षर अभियानको सुरुवात गरिएको छ । यो अभियान जेठ १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया