बार्सिलोना र रियल दुवै विजयी

म्याडि्रडः स्पेनिस पि्रमियरा लिगामा आठ खेल बाँकी रहँदा रियल म्याडि्रडको बार्सिलोनामाथिको ६ अंकको अग्रता कायमै रहेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-० ले पराजित गर्‍यो भने रियल म्याडि्रडले ओसासुनालाई ५-१ ले हरायो । बार्सिलोनालाई जित दिलाउने क्रममा आन्द्रेइ इनेस्टाले पहिलो गोल गरे भने लियोनेल मेसीले पेनाल्टीमा दोस्रो गोल गरे ।
चालु सत्रमा एक सय गोल गरेपछि रियलले आठ खेल बाँकी रहँदै ७८ अंक जोडेको हो । बार्सिलोनाको ७२ अंक छ । चौथो स्थानमा रहेको मालागा भने रियल बेटिससँग २-० ले पराजित भयो ।  दुई गोल गर्दै सत्रको ३७आंै गोल गरेका रोनाल्डोले करिम बेन्जीमा र गोन्जालो हिगुइनका लागि गोलको अवसर पनि सृजना गरे । सातौं मिनेटमै रोनाल्डोको पासमा बेन्जिमाले ३० मिटर परबाट गोल गरे । रोनाल्डोले रियलको दोस्रो गोल गरे भने मध्यान्तरअघि हिगुइनले अर्को गोल गरे । मध्यान्तरपछि प|mान्सिस्को निनोले बिल्बाओका लागि गोल गरे भने ६९आं मिनेटमा रोनाल्डोले अर्को गोल गरे ।  रियलको अन्तिम गोल हिगुइनले गरे ।

प्रतिक्रिया