निश्चिन्त दुर्गालाल

कवि दुर्गालाल श्रेष्ठले गीत–कविता कति लेखे–लेखे, गन्ती नै छैन रे † ७६ वर्षको उमेरमा हि“ड्दै छन्, कलम खाली पानाहरूमा कति धस्सियो–धस्सियो, त्यसको पनि कुनै गन्ती छैन । तर, उनी अनवरत छन् यो बुढ्यौलीमा पनि, कलम चलाउने हातमा तागत अलिकति पनि कम भएको छैन । बालनाटकबाट प्रारम्भ भएको लेखनयात्रा बुढ्यौलीमा प्रवेश गरिसकेपछि झनै चम्किएको छ । स्मरणशक्ति चखिलै छ– २००४ सालमा डबली नाटक लेखेथे । उनका कुनै–कुनै गीत बच्चाबच्चीले चाहि पटक्कै बुझ्ने खालका हुदैनथे । किनकि ती शब्द एकदमै क्लिष्ट हुन्थे । ‘मलाई त्यस्ता शब्द लेख्दा पण्डित भइन्छ भन्ने भ्रम रहेछ तर त्यसो होइन रहेछ’ –उनले सम्झिए ।
ती दिन र यो उमेरबीच ठूलै ‘ग्याप’ बनिसकेको छ अहिले । भगवान्लाई धन्यवाद दिन्छन् उनी, यो उमेरसम्म पनि आफूलाई कुनै डरलाग्दो स्वास्थ्यसमस्याले छुने आट नगरेकामा । ‘दैवको लीलाले गर्दा अहिलेसम्म डाक्टरले सुगर–प्रेसर भएछ भनेको सुन्नुपरेको छैन,’ उनले भने । उति साह्रो मुख बारिहाल्नुपर्ने केही छैन, तैपनि अमिलो र चिल्लो अलि कम नै खाउजस्तो लाग्दो रहेछ । माछामासुमा उनको राम्रै लगाब छ । तर, यो पनि अड्कलेरै खान्छन् । सतर्क छन् उनी– ‘अब पनि खानपिनमा मनलागी गर्‍यो भने रोग चुप लागेर कहा बस्ला र ?’ उनको मनले सधै शरीर र उमेरको प्रकृति हेरेर अड्कलेर मात्र खान आदेश दिन्छ रे उनलाई । भने– ‘जमानामा ढुंगा पनि पचाइन्थ्यो, अब बूढो भइएछ क्यारे †’ केही समयअघिदेखि उनले लट्ठी पनि बोक्न थालेछन् ।
बिहान पाच बजे ओछ्यान छाड्छन् उनी, निद्राले चाहि त्यसअघि नै छाडिसकेको हु“दो रहेछ । उठेर नित्यकर्म गर्छन्, १५–२० मिनेट व्यायाम–प्राणायाम पनि चल्छ । तर यो परिपक्व उमेरमा पनि कतिपय कुरामा चाहि आफू का“चो, अपरिपक्व अनि अधकल्चो छु जस्तो लाग्दो रहेछ । किनकि उनलाई ‘ध्यानस्यान केही गर्न’ आउदैन रे †
आफूले आफैलाई नियाल्दा स्पष्ट के हु भन्ने खुट्याउनै सक्दैनन् रे उनी । रोगले नजिस्क्याएको बुढ्यौलीका सजिला दिनमा आफूभित्रको साहित्यिक अस्तित्वलाई यसरी केलाइरहेका छन्– ‘के हु, के हु“ ? बच्चाहरूसग लहडिदै नाच्ने नटुवा हु कि ? गाउने गायक पो हु कि ? यीभन्दा बढीचाहि पक्कै हुइन । भाषाको संस्थाले जनकविको उपाधि दिएको छ । म त्यो होइन भन्दै त हिड्दिन । तर, मेरो मनले चाहि भित्रैदेखि मलाई झट्कारिरहेको हुन्छ– दुर्गालाल त गीतकार मात्रै होस् । कवि होइनस्, अनि अरू केही पनि होइनस् । आफै“ले आङ्खनो आलोचना गरिरहेको हुन्छु ।’ कति पटक त उनले सपनामा पनि कविता लेखेका छन् रे, सपनामै शब्दहरू फुरेका छन् रे † ती शब्दलाई उनले ब्यु“झनासाथ कापीमा लिपिबद्ध गरे रे † भन्छन्– ‘सधै“ आङ्खनो गीतको श्रोता बनिरहन पाइयोस् ।’
अनुहार चाउरिएर पनि म अझै जवान छु भन्ने अनि एक छिन हि“ड्नुपरे स्यास्या र ङ्खया–ङ्खया गर्न थाल्ने बूढाहरूभन्दा फरक छन्, दुर्गालाल । स्वस्थ नै छन् तर बूढो भएको अनुभूति भने उनीभित्र पलाइसकेकै छ । ‘पहिले म अरूको बुढ्यौली हेर्थें, यति बेलाचाहि आफै“ बुढ्यौलीको रस  लि“दै छु’ –उनले भने, ‘तर बूढो भइयो भन्दैमा ममा वैराग्य त कहा“ छ र, अलिकति पनि चिन्ता छैन ।’ बरु हिजोका दिनमा एक्लै–एक्लै भएको अनुभूति हुन्थ्यो रे, आज एक्लै हु“दा पनि नजिकै कोही भइरहेजस्तो रमाइलो लागिरहने सुनाउ“छन् । ‘मेरो जीवनशैलीमा आएको परिवर्तन होला यो, लेखनमा पहिलेजत्तिकै इमानदार छु ।’
जाग्रत हुनुलाई धर्म मान्ने दुर्गालाललाई यसप्रति आस्था र अनास्था दुवै रहेनछ– ‘त्यसमा विभाजित हुनु छैन मलाई, जसले नास्तिक छु भन्छ, उही नै  सबैभन्दा बढी आस्तिक भइरहेको हुन्छ ।’
लेखाइका लागि कुनै उमेर र अवधि निश्चित गरिएको हु“दैन । तर पनि मनले कहिलेकाही“ भन्छ रे– ‘कति लेख्ने दुर्गालाल, अब त यसो विश्राम लिए पनि हुन्छ नि ।’ तर, उनी मनलाई किन सुन्थे र, उसको आदेश उल्लंघनै गरिदिन्छन् । मनलाई जवाफ फर्काइदिन्छन्– ‘चुप लाग्, अझै पनि  मेरा औ“लामा शक्ति अनि मस्तिष्कमा सिर्जनाका पालुवा सलबलाइरहन्छन् भने किन रोकिऊ“ म ?’ अहिलेसम्म लेखेकाले पुगेकै छैन उनलाई, अबचाहि“ लेख्ने विषय अनि ठाउ“ भेटि“दै गरेजस्तो लाग्छ रे † आङ्खनो अहिलेसम्मको सबैभन्दा प्रसिद्ध गीत आफूलाई  सातै मिनेटमा फुरेको उनले सुनाए– ‘त्यसका लागि बनाइएको धुन र अगाडि बसिरहेकी गायिका आनी छोइङको अनुहारको भाव पढ्नासाथ मलाई एकाएक फु¥यो– फूलको आ“खामा फूलै संसार ।’

प्रतिक्रिया