५१ ‘झोले’ विद्यालय खारेज

काठमाडौं, १९ चैत । स्वीकृति लिए पनि कक्षा सञ्चालन नगरी ‘बिक्री’को साधनमात्र बनाइएका ५१ वटा निजी विद्यालय खारेज भएका छन् । काठमाडौं जिल्ला शिक्षा कार्यालयले ६९ वटा ‘झोले’ विद्यालयको नाम सार्वजनिक गरी यथार्थ विवरण माग गर्दा पनि सम्पर्कमा नआएका ५१ वटालाई खारेज गरेको हो ।
जिशिअ बैकुण्ठ अर्यालले स्वीकृति लिए पनि सञ्चालनमा नआई ‘चलखेल’को माध्यममात्र भएका विद्यालयलाई खारेज गरिएको बताए । ‘सूचना जारी गर्दा १८ वटामात्र सम्पर्कमा आए,’ जिशिअ अर्यालले भने, ‘समयमा सम्पर्कमा नआएका ५१ वटाको स्वीकृति स्वतः खारेज भएको छ ।’ विद्यालय खारेज भएको पत्र दुई तीन दिनभित्र सम्बन्धितलाई पठाइसकिने जानकारी उनले दिए । उनका अनुसार केही विद्यालय कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएकाले खारेजबारे जानकारी तत्काल पठाइनेछ । केही गुठिमा र केही विद्यालय कही कतै दर्ता नभएको पाइएको छ । १८ विद्यालयको निवेदनमाथि भने छानबिन गरेर खारेज गर्ने वा नगर्ने निर्णय लिइने उनले बताए ।
जिशिकाले ती विद्यालयको यथार्थ विवरण माग गर्दै डेढ महिनाअघि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यस्ता विद्यालय सिजनमा बिक्रीको प्रयोजनका लागि मात्र दर्ता गर्न अनुमति लिएको पाइएको जिशिअ अर्यालले बताए । जिशिकाले त्यस्ता विद्यालयसग कर तिरेको प्रमाणपत्रदेखि परीक्षाफलसम्मका कागजात मागेको थियो । त्यस्तै, विद्यालयको अनुमति र स्वीकृतिपत्र, गुठीमा दर्ता भए त्यसको विधानको फोटोकपीलगायत कागजपत्र पनि मागिएको थियो ।
झोले विद्यालयमा ५० प्रावि, एकदेखि ६ सम्मका चार, ११ वटाले माविको स्वीकृति लिएको पाइएको छ । प्रावि तहका जिशिका र निमावि तथा माविलाई क्षेत्रीय शिक्षा निर्देशनालयले खारेज गर्ने जानकारी गराउदै अर्यालले निमावि र माविको नामावली क्षेशिनिमा पठाउने तयारी गरेको बताए ।

कागजात बुझाएका १८ विद्यँलय

क्यापिटल हिल एकेडेमी, चामुण्डा इङ्लिस स्कुल, चेतना महिला विद्यालय, कन्साइन्स इन्टरनेसनल, ज्ञानेश्वरहाइट पब्लिक स्कुल, बोनसाई स्कुल अफ इनोभेटिभ लर्निङ एकेडेमी, नदी उपत्यका मावि (रिभर भ्याली), सेन्ट जोन्स विद्यालय, लर्डबुद्ध एकेडेमी, केसाङ प्रावि, लालीगुरास बाटिका स्कुल, लाङटाङ हिम्स इङ्लिस बोर्डिङ स्कुल, ग्रेट नलेज इङ्लिस स्कुल, होली एन्जल्स को–एड स्कुल, नमस्ते एकेडेमी, नेसनलभिजन स्कुल, सिसेम वल्र्ड स्कुल र ममता विद्या सदन

खारेजीमा परेका विद्यालय
एभरग्रिन स्कुल, माउन्ट मकालु एकेडेमी, न्यु आकृति शिक्षा सदन स्कुल, न्यु अन्नपूर्ण एजुकेसनल एकेडेमी, बुद्ध प्रावि (विद्याज्योति), सन्तोषी इङ्लिस बोर्डिङ स्कुल, पब्लिक स्कुल, सिद्धेश्वर प्रावि, मीरा इङ्लिस स्कुल, कर्टसी इङ्लिस स्कुल, क्रिएटिभ एजुकेसन मोडल स्कुल, न्यु ङ्खलावर फिल्ड इङ्लिस स्कुल, कसमस इङ्लिस स्कुल, उत्प्रेरणा महिला विद्यालय, स्वर्णभूमि प्राइमरी स्कुल, ओम एकेडेमी, हिमज्योति प्रावि, निलीचरी, किड्स न्यु वल्र्ड स्कुल, विजया एकेडेमी, पवित्र प्रावि, अमरआदर्श मावि, एलिजावेथ पब्लिक स्कुल, एमिल एकेडेमी, राधाकृष्ण एकेडेमी, नेपाल मोडेल एकेडेमी, सेन्ट एड्भान्स स्कुल, सन्तोषी विद्यालय, स्प्रिङडेल (सरित उपत्यका) मावि, नवकिरण विद्यालय, लिटिल सिगनोरा इङ्लिस स्कुल, निर्मलज्योति इङ्लिस स्कुल, स्टारलिंक एकेडेमी, कवि स्मृति, शान्तिक्षेत्र मावि, इन्दे्रणी मावि, जयपृथ्वी मेमोरियल स्कुल, हिमशिला प्रावि, सिद्धार्थ प्रावि, निलशिशु निकेतन प्रावि, सल्लेरीवन प्रावि (पाइनवुड चिल्ड्रेन एकेडेमी), एभरग्रिन इङ्लिस स्कुल, न्यु क्रियटिभ एकेडेमी, उडल्यान्ड वडर््स एकेडेमी, द क्रिस्टल को–एड, होलिजेम्स एकेडेमी 

प्रतिक्रिया