सतायो अप्रिलफुलले

काठमाडौं, १९ चैत । अप्रिलफुल कुनै पर्व होइन तर यसले आइतबार देशभरिको जनजीवनलाई छोएको छ । धेरैले अरूलाई मूर्ख बनाएर ‘मजा’ लिए भने मूर्ख हुनेहरू चुक्चुकाए । झुक्याउने नाममा केहीले नराम्रो हल्ला फैलाउने काम पनि गरे । सामाजिक सञ्जाल फेसबुक अप्रिलफुलमय भएको थियो । धेरैले उडन्ते खबर फेसबुकमा लेखेर रमाइलो साटासाट गरे ।
नेपाल वायु सेवा निगमको बोइङ ७५७–९ एनएसिबी जहाज ६.५५ बजे दुवईतर्फ उड्ने तयारीमा थियो । मलेसियाबाट कुनै अन्जान व्यक्तिले जहाजमा बम रहेको भन्दै खबर ग¥यो । खबरले तुरुन्तै सनसनी फैलायो । नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरीले जहाजभित्र चेकजाच गरे । यात्रु मात्रै होइन, उनीहरूका लगेजसमेत सबै बाहिर निकालियो । सेना र प्रहरीले जहाजको कुना–कुना सर्च गरे तर केही फेला पारेनन् ।
दिउ“सो ४ बजे पनि निगमको अर्को बोइङ ७५७–९ एनएसिएमा बम राखेको हल्ला फि“जियो । बम डिस्पोज गर्न टोली खटिए । जहाज पूरै सर्च गरियो । त्यसबेला पनि केही फेला परेन । चेकजाचपछि बोइङ ७५७–९ एनएसिया करिब साढे आठ बजे उड्यो । बोइङ ७५७–९ एनएसिबी जहाज भने ११ बजे मात्र उडेको छ । घटनाबारे विमानस्थल सुरक्षा प्रमुख डिआइजी नारायण बस्ताकोटीले भने, ‘कसैले अप्रिलफुल मनायो होला तर मलेसिया प्रहरीसित मिलेर यसको गहन अनुसन्धान हुन्छ ।’
आइतबार बिहान ७ बजे एक पत्रकारले ‘भक्तपुरस्थित लोकन्थली चोकमा बम राखेको छ, डिस्पोजका लागि प्रहरी टोली घटनास्थलतर्फ जादै’ भन्ने एसएमएस टाइप गरी आफूनिकटका पत्रकारलाई पठाए । एसएमएसले पत्रकारको पंक्तिमा हल्लीखल्ली मच्चियो । कतिले घटना पुष्टि गर्न महानगरीय प्रहरी वृत्त भक्तपुरमा टेलिफोन गरे । कति घटनास्थलमै पुगे । खबर राष्ट्रिय अनुसन्धान विभागका प्रहरीसम्म पनि फैलियो । प्रहरी हतार–हतार घटनास्थल पुगे । बम राखिएको भनिएको चोक निरीक्षण गरियो । तर, केही भेटिएन । त्यसपछि मात्र सबैलाई अप्रिलफुलको स्मरण भयो ।
नेपाली कांग्रेसका युवा नेता गगन थापा बिहानको नित्यकर्म सकेर कोठामा छिरेका थिए । करिब ७ बजे मोबाइलको घन्टी बज्यो । अर्जेन्ट होला भन्ने लागेर फोन उठाए । परिचितको आवाज थियो । उनलाई भनियो, ‘बागबजार कार्यालयमा तुरुन्तै आउनू, मिटिङ छ ।’ हतार–हतार उनले कपडा लगाए । गाडीमा हुइकिदै भनिएको स्थानमा पुगे । हतार–हतार मिटिङ हल प्रवेश गरे । तर, मिटिङ हल खाली थियो ।
‘त्यसपछि पो झल्यास्स भए,’ उनले सौर्यस“ग भने, ‘आज त अप्रिलफुल पो हो
त †’ १० बजे विश्वासिलो मित्रले फोन गरेर भने, ‘तपार्इंको अर्जेन्ट डकुमेन्ट मेलमा पठाइदिएको छु ।’ कम्प्युटर ह्याङ भएकाले १५–२० मिनेट लगाएर खोले । तर, डकुमेन्ट केही रहेनछ । ‘सोचे यसले पनि अप्रिलफुल मनायो,’ उनले भने ।
माओवादीका केन्द्रीय सदस्य गणेशमान पुनलाई यो वर्ष त खासै कसैले झुक्याएन । तर, विगतमा झुक्याइएको घटना उनले सुनाए । ०५६ सालको कुरा रहेछ । पुन रुकुम जेलमा थिए । बिहान एक सिपाही आएर ‘आमा भेट्न आउनुभएको छ’ भन्यो । जेल बस्दा कोही आफन्त भेट्न आउदा खुसी लाग्नु स्वाभाविकै हो । ‘खुसी हुदै म बाहिर निस्किए । तर, त्यहा कोही थिएन । पछि पो सम्झिए, धत्, आज त अफ्रिलफुल पो हो है †’
एमाले नेता रवीन्द्र अधिकारीलाई साढे ९ बजे गण्डकी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष छिङ थापाले आत्तिदै फोन गरेर सोधे, ‘तपार्इंलाई कस्तो छ अहिले ?’ उनले जवाफ दिए, ‘म त ठिकै छु ।’
‘होइन, तपार्इं त न्युरो अस्पतालमा होइन ?’ थापाले फेरि सोधे । ‘होइन म त गाडी चलाउदै छु त †’ अधिकारीले भने । थापालाई अधिकारी दुर्घटनामा परेर न्युरो अस्पतालमा उपचार गराइरहेको भनी एसएमएस आएको रहेछ । अधिकारीले हास्दै उनलाई सम्झाए, ‘तपार्इंलाई कसैले अप्रिलफुल मनाएछ ।’ यसअघि बिहान साढे ८ बजे नै उनलाई एक परिचितले थापाथलीस्थित नर्भिक अस्पतालमा बोलाएको रहेछ । तर, अप्रिलफुल भन्ने पहिल्यै थाहा भएकाले नगएको उनले बताए ।

फेसबुक हंगामा

कविताराम श्रेष्ठ
आज अप्रिल १ हो ? मित्रलाई सोधे । जवाफ आयो– हिजै गइसक्यो । बेमज्जा भयो, कसैलाई मूर्ख बनाउन पाइएन । तर, भर्खर पत्ता पाए आजै अप्रिल १ रहेछ । दंग परे । कमसेकम एउटालाई त बेबकुफ बनाएछु । कसलाई बनाए थाहा पाउनुभयो ? म आफैचाहि मरे नि भन्दिन ।
बुद्धिसागर
स्कुलमा पढाइ हुन्छ । जागिरमा तलब आउछ । धारामा पानी आउछ । गुलुपमा बत्ती आउछ । १५ सयमा ग्यास आउ“छ । ४० रुपियामा काउली आउछ । टिभीलाई बोल्न आउछ । रेडियो नेपालमा सम्चार आउछ । मन्त्रीजीलाई बुद्धि आउछ । जेठ १४ मा संविधान बन्छ–बन्छ । अप्रिल फुल
रामबाबु खड्का
भर्खरै प्राप्त समाचारअनुसार नेपालमा सेनाले सत्ताकब्जा ‘कु’ गरेको छ । प्रधानमन्त्री र वरिष्ठ नेताहरूलाई सेनाले नजरबन्दमा राखेको छ । काठमाडौ र देशका प्रमुख सहरमा कºर्यु आदेश जारी गरिएको छ । ठूलो संख्यामा हतियारधारी सेना परिचालन गरिएको छ । नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दि“दै सेना प्रमुखले संविधान नबन्ने पक्कापक्की भइसकेपछि आफूले यो कदम उठाउनुपरेको जानकारी दिनुभयो । स्रोत अप्रिल १
चिरञ्जीवी पौडेल
काठमाडौं, माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल लिंग परिवर्तन गर्न आजै बैंककतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसग प्रचण्डले लिंग परिवर्तन गरेर आएपछि आफूले बोल्ड डिसिजन लिने बताए । सर्वोच्च अदालतले संविधानसभाको म्याद अब थप्न नमिल्ने फैसला गरेलगत्तै नेताहरूले गर्न लागेको लिंग परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अपडेट, बैंककको अस्पतालमा तीनैजना नेताको शल्यक्रिया सुरु । तर, झलनाथ खनालको लिंग नछुट्टिएर चिकित्सकहरू अन्योलमा परेका छन् । सुशील कोइरालाले अहिलेसम्म अन्डरवेयर खोल्न मानेका छैनन् रे † प्रचण्डको….देखेर चिकित्सकहरू बेहोस ।
लक्ष्मी पराजुली
माओवादीका उपाध्यक्ष मोहन वैद्यले राजनीतिक सन्न्यासको घोषणा गर्नुभएको छ । संस्थापन पक्ष पार्टी हितविपरीत हि“डेको र जनयुद्धको मर्मलाई लत्याउदै आत्मसमर्पण गर्ने दिशामा गएको निष्कष निकालेका वैद्यले आजदेखि राजनीतिक सन्न्यास लिएको घोषणा गर्नुभएको हो ।
आज बिहानै आङ्खनै निवास गोंगबुमा केही सञ्चारकर्मीलाई बोलाएर वैद्यले आफू ज्ञअब स्वतन्त्र भएको जानकारी दिनुभयो । आफू नेपालको राजनीतिबाट विरक्तिएर सन्न्यास घोषणा गरेको उहाले बताउनुभएको छ । माओवादी पार्टीभित्र असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वैद्य आङ्खनै समूहभित्रका नेताहरूबीच पनि पार्टी फुटाउने र जुटाउने विषयमा विभाजित भएपछि धर्मसंकटमा पर्नुभएको थियो ।
माधव सागर
पाल्पा जिल्लामा एकजना डाक्टरलाई बिरामी हेर्न भनेर बोला’को रे † अप्रिलफुल भनेर गएनछन् ।
अधिकारी सरोजराज
धनगढीका जनताले पूर्वराजासित सत्ता लिन अनुनय–विनय गरेर अप्रिलफुल मनाएछन् ।
बच्चु विश्वकर्मा
आज साझ ५ बजे महेन्द्रनगरको होटेल ओपेरामा हुने मेरो वैवाहिक कार्यक्रममा हजुरहरू सबैलाई हार्दिक आमन्त्रण गर्दछु । अपर्झट वैवाहिक कार्यक्रम तय गरिएका कारण समय अभावले निमन्त्रणा पठाउन सकिन । त्यसैले फेसबुक सूचनालाई नै आधार मानेर उपस्थित भई वरवधूलाई आशीर्वाद दिन र विवाह भोजमा सरिक भइदिन अनुरोध गर्दछु । प्रार्थी बच्चु परिवारजन महेन्द्रनगर
हेमराज कटवाल
एनटिसीले कलिङ चार्ज ५० पैसामा झारेको छ भने एसटिडी चार्ज हटाउने
भएको छ ।
गजेन्द्र बुढाथोकी
नेपाल चलचित्र विकास बोर्डले वयस्क चलचित्र चपली हाइटलाई आजदेखि नेपालमा सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । चलचित्रले यौनविकृति बढाउन प्रोत्साहित गरेको, खासगरी प्लस टु पढ्ने विद्यार्थीमाझ गलत सन्देश प्रवाह गरी यौनविकृति बढाएको भनी अभिभावकले हेलो सरकारमा उजुरी गरेपछि बोर्डले प्रधानमन्त्रीको सोझो आदेशमा चपली हाइटमाथि प्रतिबन्ध लगाएको हो ।
(खबर सौजन्य, लफु लप्रिअ)

 

कलाकारलाई अप्रिलफुल

– शिवहरि पौडेल
यो अप्रिलफुलमा म सपरिवार लुम्बिनी पुगेको छु । अहिलेसम्म कसैले झुक्याएको छैन । पोहोरचाहि यतिबेला इजरायलमा थिए । त्यहा कसैले नेपालमा भुइचालो आएर हाहाकार छ, फेरि पाचजना नेतालाई बगायो भनेर हल्ला फैलाएको रहेछ । हामी पनि अचम्ममा पर्‍यौ । नेपालमा फोन गर्दा कसैले ‘आज त अप्रिलफुल पो हो त’ भनेर सम्झाएपछि हामी झसंग भयौ । अनि मज्जाले हास्यौ ।

– जिया केसी  
बिहान ४ बजे नै घरबाट फोन आएको थियो– आज अप्रिलफुल, होस गर्नू है † भनेर । म आफू त सजग हुने भइ नै हाले । अनि म र साथी मिलेर निर्देशक यादव सिलवाललाई झुक्याउने प्लान बनायौ । ‘हाम्रो त स्कुटी दुर्घटना भयो’ भनेर फोन गर्‍यौ । उहाले सहानुभूति देखाउदै भेट्न आउछु भन्नुभयो । हामीले हुन्छ भनेर फोन राख्यौ । पछि एक्कासि स्पोटमा हामीलाई देख्दा उहा त सरप्राइज । उहालाई हेरेर हामी खुब हास्यौ ।

– रेखा थापा
हिजो त कसैले झुक्याएन । वास्तवमा तपाईंले फोन गरेपछि नै मैले अप्रिलफुल भनेर थाहा पाए । गत वर्षचाहि आयुष
(रिजाल) र मेरो नाम जोडेर अनलाइनमा विभिन्न झुटा समाचार लेखिएका रहेछन् । त्यो देखिपछि मैले अनलाइनलाई गाली गरे । दोहोर्‍याएर हेरेपछि थाहा पाए– समाचारको पछाडि अप्रिलफुल लेखिएको रहेछ । अनलाइनलाई ‘सरी’ भने । आफै पो
बेवकुफ भएछु ।

– केदार घिमिरे
आजको दिन छोरीको स्कुलको किताबदेखि ड्रेससम्मको चक्करमै काटियो । अप्रिलफुल भनेर थाहै भएन । एक दुइटा फोन त आएका थिए– एकचोटि भेट्नुपर्‍यो भनेर । कसैले खुट्टा भाचियो छिटो आइजसम्म पनि भनेका थिए । धन्न मैले ध्यान दिएनछु । आफू स्कुलमा छदाचाहि मैले निरीक्षक आउछ भनेर चलाएको हल्लाले दिनभर शिक्षकबीच हाहाकार मच्चायो ।

प्रतिक्रिया