दलहरुले संकेत दिए निर्वाचन घोषणा गर्छु

काठमाडौं, १९ चैत । शिक्षामन्त्री दीनानाथ शर्माले प्रमुख राजनीतिक दलहरुले सकारात्मक संकेत दिएमा आफू स्वत्रन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गर्न तयार रहेको बताएका छन् ।

राजधानीमा आज नेविसंघको ज्ञापन पत्र बुझेपछि मन्त्री शर्माले आफू निर्वाचन गराउन तयार भएपनि प्रमुख दलहरु सकारात्मक नदेखिएको बताए । उनले दलहरुको सहयोग रहेमा स्ववियु निर्वाचन गराउन कुनै समस्या नरहने बताएको नेविसंघ केन्द्रीय सदस्य युपी लामिछानेले जानकारी दिए ।

शिक्षामन्त्री शर्माले आफू शैक्षिक क्षेत्रमा रहेका अराजकता र विसंगती हटाउन लागेपनि केही स्थानबाट चरम दबाव आईरहेको दाबी गरे । उनले शैक्षिक माफियाको अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।

स्ववियु निर्वाचन गराउनुपर्ने, शैक्षिक अराजकताको अन्त्यलगायतका २६ सुत्रीय माग सहितको ज्ञापन पत्र नेविसंघले शिक्षामन्त्री शर्मालाई बुझाए ।

प्रतिक्रिया