‘समायोजनको बिधि र प्रक्रियामा छलफल’

काठमाडौं, १९ चैत । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिमा सेना समायोजनको बिधि, प्रक्रिया र मापदण्डका बिषयमा छलफल भएको छ ।

समितिको कार्यालय नयाँ बानेश्वरमा आज विहान बसेको बैठकमा बिशेष समितिको सचिवालयले तयार पारेको मस्यौदामा छलफल भएको समिति सदस्य तथा कांग्रेस नेता रामशरण महतले जानकारी दिए । उनले सेना समायोजन सात बुँदे अनुसार हुने भन्दै सहमति विपरित आउने माग पुरा गर्न नसकिने बताए ।

यस अघि समितिले सचिवालयलाई समायोजनको प्रस्ताव तयार पार्न निर्देशन दिएको थियो । लडाकुका बारेमा दलहरुले उमर, शैक्षिक योग्यता, बैबाहिक सम्बन्धलगायतमा लचिलो हुन सक्ने जनाईसकेका छन् । यद्यपि उनीहरुले दर्जा र महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्वका बिषयमा असहमति जनाउदै आएका छन् ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै सदस्य महतले लडाकुको समायोजन सम्बन्धी मापदण्ड, बिधि र प्रक्रियामा सामान्य छलफल भएको भन्दै भोली पुनः बस्ने बैठकले त्यस बिषयलाई टुङगो लगाउने बताए । उनले संभवत भोली समायोजन बारेमा ठोस निर्णय गरिने बताए ।

माओवादी लडाकुलाई पुनः स्वयच्छिक अवकासमा पठाउन तीन दिनको समय दिने, चैत मसान्त सम्म कन्टेनरका हतियार सरकारलाई बुझाउने तथा स्वयच्छिक अवकास पछि बाँकी रहने ६ हजार ५ सय लडाकुलाई समायोजनका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय बिशेष समितिले यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया