रुख नकाट्दा वार्षिक ३९ अर्ब घाटा

काठमाडौं, १८ चैत । काट्नैपर्ने रूख नकाट्दा राज्यले वन क्षेत्रबाट वार्षिक ३९ अर्ब रुपिया गुमाउदै आएको छ । ‘कुन रूख कहिले काट्ने’ भन्ने वैज्ञानिक
पद्धति नहुदा हाल देशभरका वनमा आयु पुगेका र काट्नैपर्ने रूख ‘अथाह’ छन् ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागको सन् १९९६ को सर्वेक्षणका आधारमा वन प्राविधिकले गरेको अध्ययनअनुसार उमेर पुगेका रूख काट्ने हो भने
वार्षिक १२ करोड सिएफटी (क्युबिक फिट) काठ उत्पादन हन्ु छ । साल, सिसा,ै खयरजस्ता ‘ए’ गडे्र काठका े न्यनू तम लिलामी मूल्य प्रतिसिएफटी चार सय र अन्यको डेढ सय रुपिया राख्दा १२ करोड सिएफटीबाट ३९ अर्ब रुपिया प्राप्त हुन्छ ।
कहिले रूख काट्न प्रतिबन्ध र कहिले चोरी– तस्करी भए पनि मुस्किलले उत्पादन हुने काठबाट राज्यलाई ७० करोड रुपिया आम्दानी भइरहेको छ ।
जुन काट्नैपर्ने रूख चरणबद्ध रूपमा काटेर काठ उत्पादन गर्दा हुने आम्दानीभन्दा ५५ गुणा कम हो । उमेर पुगिसकेका रूख अत्यधिक हुदा वन अनुत्पादक बन्दै गएको र त्यसको उपयोग गर्न नसक्दा वार्षिक ३९ अर्ब आम्दानी गुमिरहेको वन प्राविधिक
विजयराज सुवेदीले बताए । ‘काट्नैपर्ने रूख नकाट्दा सरकारले बर्सेनि ३८ अर्ब ९९ करोड सात सय रुपिया राजस्व गुमाइरहेको अध्ययनले देखाएको छ,’ प्राविधिक
सुवेदीले सौर्यसग भने, ‘वनमा बूढा रूखको बाहुल्य छ, रूखको उमेर धेरै हदै जादा त्यसबाट हुने काठको
गुणस्तर घट्दो छ ।’ उनले वनमा डेढ सयदेखि दुई सय वर्ष पुराना साल, सिसौ, सल्लालगायत रूख रहेको बताए ।
उनका अनुसार गुणस्तरीय काठ पाउन साल र सिसौलाई ८० वर्षभित्र काटिसक्नुपर्छ भने सल्लोलाई ७० वर्ष आसपासमा काटे हुन्छ । त्यस्तै हरेक प्रजातिका
रुख उमेरअनुसार नकाट्दा हाल नौदेखि १२ करोड सिएफटी काठ उमेर नाघिसकेको रहेको अध्ययनले देखाएको छ । त्यसमा पनि उमेर पुग्दै गरेका रूख
उत्तिकै रहेकाले बर्सेनि काट्नैपर्ने रूख काटेर अधिकतम
आम्दानी लिन सकिने सुवेदीले बताए ।
कुल वन क्षेत्र चार करोड २६ लाख ८८ हजार हेक्टरमध्ये उमेर नाघिसकेका रूख सबैभन्दा बढी पूर्वाञ्चलमा रहेको अध्ययनले देखाएको छ । जसअनुसार
पूर्वाञ्चलमा २६, मध्यमाञ्चलमा २४, मध्यपश्चिमाञ्चलमा २१, सुदूरपश्चिमाञ्चलमा १७ र पश्चिमाञ्चलमा १२ प्रतिसत छन । वनको बैज्ञानीक व्यवस्थापन गर्न े हा े भने सुरुवाती चरणमा वार्षिक साढे ६ करोड, दोस्रोमा नौ करोड र तेस्रोमा १२ करोड सिएफटीसम्म काठ उत्पादन हुन सक्छ ।
नेपाल वन प्राविधिक संघका अध्यक्ष देवेशमणि त्रिपाठीले उमेर पुगेका रूख काट्न पाउनुपर्छ भनेर वर्षौंदेखि लागिपर्दा पनि सफल हुन नसकेको बताए ।
भने, ‘हाम्रा नीतिनिर्माताले रूख भनेको उमेर पुगेपछि काट्नैपर्छ नत्र सडेर जान्छ भन्ने बुझेका छैनन् ।’
प्राविधिकका अनुसार वैज्ञानिक पद्धतिमा वनस्पतिका आधारमा समय–सीमा निर्धारण गरी
चरणबद्ध वृक्षरोपण गर्ने, वनस्पति हुर्काउने, आयु पुगेका र फाइदा नदिने रूख कटान गरेर काठ बिक्री गरिन्छ ।
जहा“, जुन वनस्पति हुन्छ त्यहा सीमित क्षेत्रमा सीमित वनस्पतिमात्रै हुर्काइन्छ । यसबाट अरू वनस्पतिले मुख्य वनस्पतिलाई हुर्कन र फैलनमा बाधा पुर्‍याउदैन । रूखलाई कलिलैमा काट्न पाइदैन । यस्तो पद्धति लागू गर्दा वनको
स्वरूप बिगारिन्न । यसो गर्दा सालको रूख ८० वर्ष कटिसकपे छि, सल्ला ७० वषर्, चिलाउन  र कटसु ४० वर्ष र उत्तिस ३० वर्ष कटेपछि मात्रै कटान गर्न पाइन्छ
भने अरूलाई पनि तिनीहरूको प्रकृतिअनुसार कटान गरिन्छ ।

प्रतिक्रिया