बजार अभावले अदुवा कुहियो

डोटी (बर्छैन), १८ चैत । डोटीको पश्चिमी क्षेत्र बोक्टानमा उत्पादित अदुवाले बजार नपाउदा किसान चिन्तित भएका छन् ।
डोटीका बर्छैन, घागल, लानाकेदार, मान्नकापडी र कैलालीका निगाली, सहजपुर र खैरालामा उत्पादित अदुवा बिक्री नहुदा घरमै कुहिन थालेको किसानले बताएका छन् । बर्सेनि अदुवाबाट लाखौं आम्दानी गर्दै आएका यस क्षेत्रका किसान यो वर्ष अदुवा बिक्री नभएपछि आगनमै चाङ लगाएर राखिएको बताउछन् । आगनमा राखिएको धैरे अदुवा कुहिएको उनीहरूले बताए । सुदूर पश्चिममा अदुवा प्रशोधन र भण्डारणको व्यवस्था नहुदा यहाका किसान बारीमा उत्पादित अदुवा कौडीका भाउमा बिक्री गर्न बाध्य भएको स्थानीय लालसिंह बमले बताए । यसअघि यहा अदुवा खरिदका लागि भारत तथा तराईका कैलाली र कञ्चनपुर जिल्लाबाट व्यापारी आउने गरेकामा यस वर्ष कोही नआएको उनले दुःखेसो गरे ।
यहा“का अधिकांश किसान अदुवा पेसामा आश्रित छन् ।  बर्छैन–४ का केशव बमले २५ रुपियामा एक पाथी अदुवा दिंदा पनि बिक्री नभएको बताए । सुदूर पश्चिमकै प्रमुख अदुवा उत्पादन क्षेत्र बोक्टान भए पनि सरकारले उत्पादित अदुवाको उचित बजारको व्यवस्था गर्न नसक्दा आङ्खनो मेहनत खेर गएको अधिकांश किसानको गुनासो छ ।
यस क्षेत्रमा यातायातको सुविधा सहज नभएर ढुवानी महंगो पर्नाले उत्पादित अदुवा बजारसम्म पु¥याउन समस्या हुने गरेको छ । प्रतिकिलो दस रुपिया पर्ने अदुवा बजारसम्म पुर्‍याउदा ढुवानी भाडामै सीमित हुने गरेको किसान बताउछन् ।

प्रतिक्रिया