नयां वर्षमा मृगतृष्णा

काठमाडौँ । निर्देशक तुलसी घिमिरेले बनाएका पछिल्ला केही चलचित्रले राम्रो व्यापार गर्न नसके पनि उनका चलचित्रको आश दर्शक गरिरहेकै हुन्छन् । उनको निर्देशनमा निर्माण भएको नयाँ चलचित्र मृगतृष्णाले अहिले सम्पूर्ण प्राविधिक कार्य सम्पन्न गरेको छ । नयाँ वर्षको अवसर पारी आगामी १ वैशाखदेखि देशैभरि प्रदर्शन हुने भएको छ ।
केहीअघि प्रदर्शनमा आएको देश निर्देशनपछि लामै समय चलचित्र क्षेत्रबाट सुस्ताएका घिमिरेले नयाँ चलचित्रलाई आफ्नो महत्त्वाकांक्षी योजना बताएका छन् । साई गायत्री फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रको लेखनसमेत पनि उनैले गरेका हुन् । विराज भट्ट, महेश शाक्य, नन्दिता केसी, हेमन्त बुढाथोकी, भारती घिमिरे आदिको प्रमुख भूमिका रहेको सो चलचित्र गायत्री भुटियाले निर्माण गरेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत र रोशन श्रेष्ठको द्वन्द्व रहेको सो चलचित्र अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया