९५ प्रतिशत मुद्दा महिला हिंसाका

दाङ, १८ चैत । दाङमा सम्बन्ध विच्छेद र अंशमुद्दा बढेका छन् । अदालतमा परेका मुद्दाका तथ्यांकमा महिलाको पहुच बढेको छ । जिल्ला अदालतमा परेका मुद्दामा ९५ प्रतिशत मुद्दा पुरुषविरुद्ध छन् ।
‘१५ वर्ष यातना सहेरै बसे,’ तुलसीपुरकी सावित्रा केसीले भनिन्, ‘सधै शारीरिक र मानसिक यातना सहेर बस्नुभन्दा छुट्टिएर बस्न बेस भन्दै अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी छु ।’
एक छोरा र एक छोरी भएकी केसीले पति शेरबहादुरविरुद्ध अदालतमा मुद्दा हालेकी छिन् । ‘अहिलेसम्म छोराछोरीलाई ज्याला मजदुरी गरेर पढाइरहेको छु,’ उनले भनिन्, ‘मजदुरीबाट आएको पैसा पनि खोसेर लैजान्छन्, कतिदिन यसरी बस्नु भनेर छुट्टै बस्ने निर्णय गरे“ ।’ मदिरा सेवन गरेर आफू र बालबच्चालाई कुटपिट गरेको आरोप लगाउ“दै उनले पतिविरुद्ध अदालतमा सम्बन्ध विच्छेद र अंश मुद्दा हालेकी हुन् ।
‘पतिविना एक्लै घर चलाउने अवस्था थिएन,’ फागुनमा मात्रै पतिसग सम्बन्ध विच्छेद गरेकी निमा सुनारले भनिन्, ‘यही कमजोरीले लामो समय हिंसा सहेरै बसे ।’ चार सन्तानकी आमा उनले बालबच्चाको भविष्यका लागि पनि पतिको हिंसा सहेर बस्नुपरेको बताइन् । पतिले नै सम्बन्धविच्छेद गर्न दबाब दिएपछि उनले सम्बन्ध विच्छेदको मुद्दा दिएको बताइन् ।
पछिल्लो समय दाङमा सम्बन्धविच्छेदका मुद्दा निकै बढेका छन् । सम्बन्ध विच्छेदप्रति समाजको बुझाइ सकारात्मक भएकाले पनि मुद्दा बढेको बताउछिन् अधिवक्ता गोमा महरा । उनी भन्छिन्, ‘सम्बन्धविच्छेदलाई परिवार, समाज, सञ्चार र कानुनले समेत सहज बनाइदिएकाले महिलाहरू अन्याय सहेर बस्न बाध्य छैनन् र अदालतसम्म पुगेका छन् ।’
जिल्ला अदालत र पुनरावेदन अदालत दाङमा अरू मुद्दासगै सम्बन्धविच्छेदका मुद्दा पनि बढेका छन् । जिल्ला अदालतमा सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदको परेको स्रेस्तेदार कृष्णप्रसाद नेपालले बताए । उनले भने, ‘महिला पुरुषबीचका झगडा, अंशवण्डा र सम्बन्धविच्छेदका मुद्दा बढेका छन् ।’
अदालतमा साउनयता दर्ता भएका मुद्दामा ९५ प्रतिशत पुरुषविरुद्ध महिलाका छन् । १ साउनदेखि १५ चैतसम्म अदालतमा परेका एक सय ९५ मुद्दामा ९६ वटा मुद्दा सम्बन्धविच्छेदको भएको स्रेस्तेदार नेपालले बताए । अदालतले फैसला गरेका ८० मध्य ५६ वटा मुद्दा पनि सम्बन्धविच्छेदका छन् ।

प्रतिक्रिया