राम कार्की हिस्स

काठमाडौ, १८ चैत । भारतका लागि नेपालको नया राजदूतका रूपमा प्रस्तावित एमाओवादी पोलिटब्युरो सदस्य राम कार्कीको एग्रिमो नआउने पक्का भएको छ । भारतीय पक्षबाट यसको स्पष्ट सन्देश नेपाल सरकारले पाइसकेको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कार्कीको एग्रिमो नआउने पक्का भएको स्विकारे । ‘उहा (कार्की)को विषय अब लगभग टुंगिएको छ, अहिलेसम्म एग्रिमो नआएकाले हामीले त्यही निष्कर्ष निकालेका छौं,’ श्रेष्ठले सौर्यसग भने ।

विभिन्न मुलुकका लागि नियुक्त र प्रस्तावित राजदूतहरूलाई परराष्ट्र मन्त्रालय र परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानले दिने तयारी गरिएको पाचदिने ‘ओरिएन्टेसन’ मा पनि कार्कीलाई सहभागी गराइएको छैन । एग्रिमो आइनसकेका अन्य तीन देशका लागि मनोनीत राजदूत भने ओरिएन्टेसनमा सहभागी छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार कार्कीको एग्रिमो नआउने थाहा भएरै मन्त्रायलले उनलाई ओरिएन्टेसनमा सहभागी नगराउने निर्णय गरेको हो । ‘एग्रिमो नै नआउने भएपछि कार्यक्रममा राख्नाको नै के अर्थ हुन्छ र ?’ उनले भने ।
कार्कीसगै र अघिपछि विभिन्न मुलुकका लागि राजदूत नियुक्त र प्रस्तावित गरिएका १० जनालाई मन्त्रालय र प्रतिष्ठानले यही २० चैतदेखि पाचदिने ‘ब्रिफिङ एन्ड ओरिन्टेसन’ कक्षा सुरु गर्दै छन् । तीमध्ये कतारका लागि प्रस्तावित डा. मायादेवी शर्मा, म्यान्माका लागि पारस घिमिरे र दक्षिण कोरियाका लागि प्रस्तावित कमानसिंह लामाको पनि एग्रिमो आइसकेको छैन । तर, उनीहरूको एग्रिमो आउने विश्वास भएकाले ओरिएन्टेसनमा सहभागी गराइएको छ ।
त्यस्तै, ओरिएन्टेसन कक्षामा डेनमार्कका लागि राजदूत नियुक्त मुक्तिनाथ भट्ट, इजरायलका प्रल्हाद प्रसार्इं, रुसका रविमोहन सापकोटा, ब्रसेल्सका राममणि पोखरेल, युएईका धनञ्जय झा, पाकिस्तानका भरतराज पौडेल र अस्ट्रेलियाका लागि रुद्रकुमार नेपाल सहभागी छन् ।
परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानका अध्यक्ष ऋषिराज अधिकारीले कार्की विवादमा तानिएकाले ओरिएन्टेसन कक्षामा सहभागी नगराइएको बताए । ‘उहालाई समावेश नगर्ने कुरा छ,’ अधिकारीले भने, ‘विवादमा आएकाले रोकिएको बुझेको छु ।’ भारतका लागि नेपाली राजदूतमा कार्कीलाई सरकारले प्रस्ताव गरेपछि संसदीय सुनुवाइ विशेष समितिले पनि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । तर, चार महिना भइसक्दा पनि भारतले एग्रिमो पठाएको छैन ।
स्रोतका अनुसार गोर्खाल्यान्ड आन्दोलनमा कार्कीको प्रत्यक्ष समर्थन रहेकामा भारतले उनलाई रुचाएको छैन । त्यस्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री
डा. बाबुराम भट्टराईले समेत भित्री मनदेखि उनलाई राजदूत बनाउन नचाहेको स्रोतको दाबी छ । एग्रिमो नआएको लामो समय बित्दा पनि सरकारका तर्फबाट प्रधानमन्त्री डा. भट्टराईले कुनै कूटनीतिक पहल नगरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया