बिवादका वीच नेविसंघ बैठक सुरु

काठमाडौं, १८ वैशाख । आन्तरिक बिवादका वीच नेपाल विद्यार्थी संघको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।
काठमाडौंमा जारी नेविसंघको वैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्यको भने अनुपस्थित रहेको केन्द्रीय सदस्य युपी लामिछानेले जानकारी दिए । उनले भने, ‘सबै साथीहरुलाई बैठकका लागि खबर गरिएको हो, तर केही सदस्य अनुपस्थित छन् ।’
उता, देउवा समूहका विद्यार्थी नेता ऋषिकेशजंग शाहले केन्द्रीय समिति बैठक बहिष्कार गरेको बताए । उनले भने, ‘बिवाद अन्त्य नहुँदासम्म हामीले कुनै औपचारीक कार्यक्रममा सहभागिता जनाउदैनौ ।’
संस्थापनको केन्द्रीय समिति बस्ने थाहा पाएपछि देउवा समूहले पनि आन्तरिक छलफल गरेको छ । नेता शाहका अनुसार आफू निकटका सदस्यहरुसँग आन्तरिक बिवादका बारेमा छलफल भएको बताए ।
बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, संगठनको महाधिवेशन, आन्तरिक बिवाद लगायतमा छलफल गर्ने एजेण्डा तय गरेको नेता लामिछानेले बताए ।
नेविसंघ गठनलाई लिएर देउवा समूहले पार्टीमा बिवाद सृजना गर्दै आएको संस्थापन समूहको आरोप छ ।

प्रतिक्रिया