बम विष्फोटको भत्र्सना

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसले जनकपुर नगरपालिकाको रामानन्द चोकमा आज विहान चार जनाको ज्यान जाने गरेर भएको घटनाको निन्दा एवं भत्र्सना गर्दै आपराधिक जत्थालाई पक्राउ गरेर हदै सम्मको कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर आपराधिक समूहबाट भएको कायरतापूर्ण र मानवता विरोधी यस घटनाको घोर निन्दा र भत्र्सना गरेको जनाएको छ । उसले घटनामा संलग्न अपराधीहरुको यथाशीघ्र खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध मिलाउन समेत माग गरेको छ ।
जनकपुर नगरपालिका वडा नम्वर–१० मा आज भएको वम बिष्फोटबाट चार जनाको मृत्यु भएको थियो ।
यसैवीच, बिभिन्न अधिकारवादी संघ संगठनहरुले पनि जनकपुर घटनाको बिरोध गरेका छन् । नेपाल मानव मानव अधिकार संगठनले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गरेको छ ।

यसैवीच, कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले पनि बम विष्फोटको घटनाको बिरोध गरेका छन् । उनले घटनाका दोषीलाई कारबाही र घाईतेको उपचार गर्न माग गरेका छन् ।

प्रतिक्रिया