‘अरु दलको डिजाईनमा अध्यक्ष दाहाल’

जनकपुर, १८ वैशाख । एकीकृत माओवादीका सचिव सीपी गजुरेलले चार दलका शीर्ष नेताको लेनदेनबाट प्रायोजित संविधान जारी गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विवाद समाधानका नाममा चार दलका शीर्ष नेताले संविधानसभाको भूमिकालाई समाप्त पार्ने दुष्प्रयास गरिरहेको बताए ।
सचिव गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिएको दस प्रदेशको अवधारणाअन्तर्गत मिथिला प्रदेशलाई गायब गरेकोमा बिरोध गरे ।
उनले दस प्रदेशको अवधारणा पार्टी नीति विपरीत रहेको भन्दै अध्यक्ष दाहालले सुशील कोइराला, माधव नेपाल र विजय गच्छदारको डिजाइनमा काम गरिरहेको आरोप लगाए । सौर्य

प्रतिक्रिया