जोली सम्मानित हुने

लसएन्जलस : हलिउड अभिनेत्री एन्जेलिना जोली अब निर्देशक पनि बनेकी छन् । उनले निर्देशन गरेको चलचित्र इन द ल्यान्ड अफ ब्लड एन्ड हनी प्रदर्शनका लागि तयार भएको छ । बोस्नियाली भूमिको कथामा आधारित यो चलचित्रमार्फत सबैको ध्यान तान्न सफल भएकी उनलाई बोस्नियाको मानार्थ नागरिकता पनि दिइएको छ ।
यसै चलचित्रका कारण केही समयपछि उनी बोस्नियाको साराजेवो सहरमा सम्मानित हुँदै छिन् । एजेन्सीका अनुसार जोलीको यो चलचित्रमा सन् १९९० को दशकको युद्धमा सर्बियालीलाई गरिएको सैनिक सहयोग र बोस्नियाका महिलाको प्रेमप्रसंग समेटिएको छ ।
मानवता, सहिष्णुता र लोकतन्त्र तथा विभिन्न जातीय, धार्मिक र सांस्कृतिक पृष्ठभूमिलाई लिएर निर्माण गरिएको चलचित्रका लागि जोली सम्मनित हुन लागेको एजेन्सीले जनाएको छ ।  (एजेन्सी)

प्रतिक्रिया