जातीय सद्भावन हुने संघीय राज्य बनाउ

सिन्धुपाल्चोक, १६ वैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि सयुक्त संघर्ष समिति सिन्धुपाल्चोकले आज विभिन्न माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
समितिले राज्य पुनर्संरचन गर्दा जाति, भाषा र धर्मको आधारमा नभई भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, स्रोत साधनको उपलब्धता र आर्थिक संम्भाव्यताका आधारमा प्रदेशको बाँडफाँड गर्न सुझाव दिएको छ । उसले खस, क्षत्री, ब्रम्हण, ठकुरी, दशनामी र दलित लगायतका जातिलाई अन्यवाट हटाउनु पर्ने माग पनि राखेको छ ।
तत्काल आफूहरुले अघि सारेका मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रने समितिले जनाएको छ । समितिले वैशाख २८ गते सम्मका आन्दोलनका कार्यक्रमको समेत घोषणा गरिसकेको छ ।
संघर्ष समितिमा क्षत्री समाज नेपाल, ब्रह्मण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण सेवा संघको सहभागिता रहेको छ ।

प्रतिक्रिया