वृत्ति ‘किड्स काभ्रे’

काभ्रे, १७ वैशाख । बनेपाकी वृत्ति प्रजापतीले ‘किड्स काभ्रे २०६८’ को शीर्ष उपाधि जितेकी छन् । सिल्भर साइन इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा शुक्रबार बनेपाको पञ्चकन्या बेन्क्वेटमा भएको फाइनलमा उनले बाजी मारेकी हुन् । उपाधिसँगै उनले मिनी ल्यापटप, मिदास इडुकिटका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
त्यसैगरी, बनेपाकै उस्मिता कायस्थले फस्ट रनरअप र अस्मिता तिमल्सिनाले सेकेन्ड रनरअप उपाधि हात पारेका छन् । सालिनी श्रेष्ठ बेस्ट वाक, एनन राई बेस्ट स्टाइलिस, सिम्रन प्रधान बेस्ट पर्सनालिटी, श्रेया शाक्य र पूर्णिमा थापा बेस्ट डिसिप्लेन, प्रिशा भँडेल र हिमेश दुलाल बेस्ट क्युट तथा समर्पण तिमल्सिना र नन्दिशी शिल्पकार बेस्ट फ्रेन्डसिप घोषित भए । त्यस्तै, प्रज्ञा अधिकारीले बेस्ट स्पिक, इशा श्रेष्ठले बेस्ट स्माइल र बेस्ट ट्यालेन्टको उपाधि जितेका छन् ।
यस्तै, अभिषेक शाक्य र मतिना श्रेष्ठ बेस्ट निट एन्ड क्लिन घोषित हुँदा आदेश शाक्यले एक्टिभ किड, सोनिया तिमल्सिनाले बेस्ट चार्मिङ, निधि नकर्मीले बेस्ट फोटोजेनिक, दीपिशा श्रेष्ठले क्रियटिभ किडको उपाधि पोल्टामा पारे । विजेतालाई गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष कृष्णचन्द्र आचार्य, गायक तथा संगीतकार अष्ट लामा, प्याब्सन काभ्रेका अध्यक्ष दिलीप मुखिया र तीज सुन्दरी २०११ रुविज्ञा रञ्जितकारले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया