‘केपी ओली समुह भाँडभैलो मच्चाउन सक्रिय’

विराटनगर, १६ वैशाख । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले आफनै पार्टीलाई अन्तर्घात गरेर सरकार ढाल्ने तैयारीमा लागेको आरोप लगाएका छन् ।

विराटनगरमा आज आयोजित कार्यक्रममा उनले वैध समुहले  राजावादीसँग मिलेर नयाँ सरकार वनाउन लागिरहेको दाबी गरे । उनले भने,  ‘वैध समुहले एमालेका नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन राजावादीहरुसँग साँठगाँठ गरेका छन् ।’

‘उपाध्यक्ष बैद्य समूह भाँडभैलोको राजनीति गरेर पार्टी मास्न लागीपरेको छ ।’ गजुरेलले भने, ‘एमाले नेता केपी ओली लगायतको समुहले वैधपक्षलाई भाँडभैलो गराउन उचालेको छ ।’

प्रतिक्रिया