बाबुद्धारा छोरी बलात्कृत

कैलाली, १६ वैशाख । कैलालीको जानकीनगर–९, खार्गौलीका नन्दबहादुर विकले आफ्नै नाबालीक छोरीलाई बलात्कार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विकलाई पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । ४७ वर्षीय विकले गत सोमबार मदिरा सेवन गरेर १४ वर्षीया नाबालीक छोरीलाई बलात्कार गरेका हुन् ।

छोरीलाई बलात्कार गरेर डरले घरबाट भागेका विकलाई शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरका निरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा खट्टिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घरमा रहेका छोरा र बुहारीले छोरीलाई मदिरा सेवन गरेर बलात्कार गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पीडित बालिकालाई प्रत्यक्ष भेटेर घटनाबारे सोधपुछ गरेको छ । सोधपुछ पछि बालिकाको बयानका आधारमा विकलाई पक्राउ गरेको प्रहरी भनाई छ ।

हिरासतमा रहेका विकले पनि आफूले मदिराको नसामा छोरीलाई बलात्कार गरेको स्वीकार गरेका छन्।

विकका तीन छोरा र तीन छोरी छन् । विककी पत्नी छोरा भेट्न भारत गएकी छन् ।

यसैवीच, कैलालीको पथरैया–४ तालबजारमा भदौवा कुलो खन्ने बिवादमा झडप हु“दा एक युवकको मृत्यु भएको छ । शुक्रबार तालबजारदेखि पूर्व तर्फ रहेको अमौरी कुलरिया कुलोको बाधमा कुलो खन्ने बारे सामान्य बिवादले उग्ररुप लिएपछि पालबजारका युवाबीच एक आपसमा कुटाकुट हु“दा तालबजारका १८ वर्षीय चक्र सुनारको मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले प्रकाश पुरी, कबि पुरी, जानकी पुरी, भवानी भडारी लगायतका ७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया