‘तासका कारण ज्यान खुत्रुकै’

दाङ, १५ वैशाख । रोल्पा जिल्लाको जौलीपोखरी–३, दाङचोटमा जुवाडेवीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका भएको विवाह भोजमा झडप हुँदा ५७ बर्षीय ओमबहादुर भण्डारीको मृत्यु भएको हो ।
तास खेल्ने क्रममा विवाद भए पछि स्थानीय ४१ बर्षीया बीरबहादुर घर्तीले भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
भण्डारीको हत्या पश्चात रोल्पाको होलेरी खट्टिएको प्रहरीले घटनाको जायजा लिएको छ ।
भण्डारीको घाँटी थिचेर हत्या गरिएको प्रहरी भनाइ छ । भण्डारीको हत्यामा संलग्न बीरबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया