‘पती, पत्नीको झगडामा छोराको मृत्य’

जनकपुर, १३ वैशाख । पती र पत्नीवीचको झगडाका कारण रौतहटको समनपुर–२ मा काखे बालकको मृत्यु भएको छ ।

२५ बर्षीय भुवनेश्वर महतोले आफ्नै एक बर्षीय  छोरा गणेश महतोलाई पत्नीको काखबाट पर्छादा गणेशको मृत्यु भएको हो ।

बाईस बर्षीय पत्नी रेणुदेवी महतोको पती भुवनेश्वरसँग आपसी विवाद हुँदा भागेर दिदीको घर सर्लाहीमा बस्दै आएकी थिईन । दिदीको घर धनकौलमा बस्न आएका समय पत्नी लिन आएका भुवनेश्वरले बोलाउदा नमाने पछि दुबै वीच झगडा भएको थियो ।

रेणुसँग झगडा भई रहेका समयमा भुवनेश्वरले रिसले छोरा गणेशलाई भुईमा पछारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाईते गणेशको उपचारका क्रममा बरहथवामा मृत्यु भएको थियो बाबु भुवनेश्वरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया