‘सीमाङकन र नामाङकनमा कुरा मिलेन’

काठमाडौं, १३ वैशाख । नयाँ संविधानका बिवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएका चार शीर्ष नेताका वीच भएको बार्ता पनि निष्कर्ष बिहिन भएको छ ।
काठमाडौंको नयाँ बानेश्वमा आज बसेको चार शीर्ष नेताको बैठकमा शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा छलफल भएको मधेसी मोर्चाका नेता तथा उपप्रधान एवं गृहमन्त्री विजय गच्छेदारले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै गच्छेदारले भने, ‘राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भयो, भोलि पुनः बस्ने बैठकबाट टुङगो लगाउछौं ।’
कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनर्संरचनामा छलफल भएपनि कुनै सहमति हुन नसकेको बताए । ‘संघीय राज्यको सीमाङकन र नामाङकनमा छलफल भएपनि कुरा मिलेको छैन, छलफल जारी छ’, उनले भने, ‘सहमतिको प्रयास गरिरहेका छौं ।’
यस अघि आजै बसेको शीर्ष नेता र दोस्रो तहका नेताहरुको संयुक्त बैठकले मधेसी मोर्चा सहित एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई मात्रै सहमतिको प्रस्ताव बनाउन अधिकार दिएको थियो ।
प्रमुख चार दलले १६ गते एक बजे सम्म सहमतिको प्रस्ताव तयार पारेर बिवाद समाधान उपसमिति हुँदै संवैधानिक समितिमा पेश गर्नुपर्ने छ ।
अर्को बैठक बिहीबार अपरान्ह एक बजे पुनः बस्ने गरि सक्किएको छ ।

प्रतिक्रिया