वैद्य समूहको स्वयंसेवक केन्द्र स्थापना

काठमाडौं, १२ वैशख । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहको आज राजधानीमा भएको भेलाले राष्ट्रिय जनस्वयंसेवक परिचालन केन्द्र गठन गरेको छ ।
ललितपुरको कुपण्डोलस्थित जनवर्गीय संगठनहरुको कार्यालयमा आज भएको भेलाले स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द संयोजक रहने गरेर १७ सदस्सीय समिति समेत बनाएको छ । संयोजक चन्दका अनुसार केन्द्रमा पूर्व जनमुक्ती सेनाका कमाण्डार, पूर्व वाईसियलका कमाण्डर, तथा स्वयच्छिक अवकाशमा परेका कमाण्डरहरुको सहभागिता रहेको छ ।
तत्कालका लागि १७ सदस्सीय समितिमा उदयबहादुर चलाउने, रामलाल रोका, नेपबहादुर कुवर, सावित्री दुरा, उमा भुजेल लगायत रहेका छन् । बाँकी सदस्य पछी थप गरिने छ ।
यस अघि गठन भएको जनस्वयं सेवक व्यरो निष्कृय भएपछि वैद्य समूहले नयाँ संगठन बनाएको हो । केन्द्रले जनतासँग प्रत्यक्ष रहेर काम गर्ने संयोजक चन्दले जानकारी दिए ।

प्रतिक्रिया