क्षैक्षिक मेलाबाट इक्यानले छात्रबृत्ति दिने

काठमाडौं, १२ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शैक्षिक मेलाबाट नेपालका गरिव, जेहेन्दार, दलित, पीडित वालवालिकालाई छात्रबृत्ति दिने भएको छ । इक्यानले १४ देखि १७ असारमा आयोजना गरेको छैटौं बृहत शैक्षिक मेलामा छात्रबृत्तिको घोषणा गर्ने जनाएको हो ।
‘संघको सदस्यबाट उठ्ने रकमको धनरासीबाट वालवालिकालाई छात्रबृत्ति दिइनेछ,’ इक्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मेला संयोजक विष्णुहरि पाण्डेले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरुबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई केहि सिटको छात्रबृत्ति दिइनेछ ।’
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणली तथा त्यसको भविस्यको विषयमा पर्याप्त सूचना प्रबाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु बारेमा समुचित पहुचको बारेमा परामर्श दिन शैक्षिक मेलाको उदेस्य रहेको इक्यानले जनाएको छ । मेलामा स्वदेश तथा विदेशबाट प्रतिनिधि आउने जनाएको छ  ।
सो मेलामा नेपालका शैक्षिक परामर्श ब्यवसायीहरु, स्वदेशी शैक्षिक संस्था, भारत, चीन, बंगलादेश, अमेरिका, वेलायत, न्युजल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्डलगाएतका देश तथा विश्व विद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया