सर्वोच्चद्धारा कंसाकारलाई सफाइ

काठमाडौं, १२ वैशख । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाइ सफाइ दिएको छ ।
विशेष अदालतको २०६८ वैशाख ६ गतेको फैसलालाइ सदर गर्दै सर्वोच्चले कंसाकारलाइ सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारलाइ एयर बस कम्पनीको जहाज खरिद प्रक्रियामा अनियमिता गरेको भन्दै कंसाकार विरुद्ध विशेष अदालतमा मुद्धा हालेको थियो ।
विशेषले कंसाकारलाइ सफाइ दिएपनि अख्तियारले त्यसका विरुद्ध २०६८ असार २२ मा पुनः सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
सर्वोच्चका न्यायधिशद्धय कल्याण श्रेष्ठ र भरतराज उप्रेतीको इजलासले मंगलवार कंसाकार सहित निगमका नायब महाप्रवन्धकहरु राजुबहादुर केसी, गणेश ठाकुर, ज्ञानेन्द्र पुरुष ढकाल र मयुर समसेर राणा, केशवराज शर्मालाइ पनि सफाइ दिएको छ । एयर बस बैना प्रकरणमा अख्तियारले कंसाकारलाइ मुख्य अभियुक्त र निगमका अन्य ५ जना उच्च अधिकारीलाइ मतीयार बनाएको थियो ।

प्रतिक्रिया