वाणिज्य संघमा अधिकांश कुवर प्यानल विजयी

कैलाली, १२ वैशाख । कैलाली उद्योग वाणिज्य संघको सोमबार राति अबेर सम्पन्न मतगणनाको परिणामबाट अध्यक्ष सहित अधिकांश पदमा कर्णबहादुर कुव“र नेतृत्वको प्यानल विजयी भएको छ । संघको निर्वाचनमा तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।
महासचिव र दुई सदस्य बाहेक अरु सबै १५ पदमा कुवर प्यानल विजयी भएको हो । संघको जिल्ला कार्यसमिति सात पदाधिकारी र ११ सदस्य गरी १८ सदस्यीय हुने प्रावधान छ ।
अध्यक्ष पदमा निर्वाचित कुव“रले कूल खसेको मत मध्ये एकहजार छ सय ९४ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्दी मोहनराज शर्माले एक हजार पाच सय ६९ मत ल्याएका छन् ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार गजेन्द्रवीर चन्दले चार सय ६४ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि कुवर प्यानलका उद्योग, वाणिज्य र वस्तुगततर्फका क्रमशः राजेश भण्डारीले एकहजार पाचसय ९८, बलराम चपाइले एकहजार चारसय १८ र लालबहादुर बोगटीले एकहजार सातसय दुई मत ल्याएर विजयी भएका छन् ।
महाचिव पदमा शर्मा प्यानलका उपेन्द्र बिष्टले एकहजार पाचसय २७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कुवर प्यानलका ओमबहादुर बिष्टले एकहजार चारसय २४ मत ल्याएका छन् ।
कोषाध्यक्षमा कुव“र प्यानलकै शंकरबहादुर बोगटीले एकहजार सातसय ८४ मत प्राप्त गरी विजयी भएका छन् । बोगटी प्रतिद्वन्दी शर्मा प्यानलका देबेन्द्र हमाल भुन्टुले एकहजार चारसय १९ मत पाएका छन् ।
सदस्यहरुमा कुव“र प्यानलका निरजकुमार मल्ल, पुष्पराज कुवर, रुपेश स्वार, लवबहादुर शाह, डबलबहादुर बम, गजराज पाण्डे र भीमबहादुर देउवा विजयी भएका छन् भने शर्मा प्यानलका रुक्मणी देवकोटा र भीमराज ओझा अब्बु विजयी भएका छन् ।
संघ जिल्ला कार्यसमितिको सम्पूर्ण पदमा चुनावी मैदानमा उत्रेको गजेन्द्रबीर चन्दको प्यानलले भने कुनै पनि पद हात पार्न सकेन । १८ पदको लागि ५९ जना चुनावी मैदानमा उत्रेका थिए ।
संघमा आवद्ध छ हजार २७ सदस्य मध्ये तीनहजार नौसय ६१ ले मात्र मतदान गरेका थिए । यसअघि संघको अध्यक्षमा धनगढी बजारका व्यापारीको बर्चस्व रहदै आएकोमा यस पटक भने धनगढी बजार बाहिरको उम्मेदवार अध्यक्ष पदमा विजयी भएका हुन् ।

प्रतिक्रिया