‘अधिकांश विषयमा अनौपचारीक सहमति’

काठमाडौं, १२ वैशाख । संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा सहमति खोज्न मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सहमतिको निकास खोजिएको छ ।

सेना समायोजन विशेष समितिको सचिवालय नयाँवानेश्वरमा आज विहान बसेको बैठकमा राज्यको साशकीयस्वरुप, निर्वाचन प्रणाली, राज्य पुनःसंरचना, न्यायप्रणालीलगायतका विषयमा शीर्ष तहमा छलफल भएको नेताहरुले बताएका छन् । सहमतिको नजिक पुगिएका सबै बिवादित विषयलाई पूर्ण बैठकमा लैजाने गरी सबै विवादित विषयमा सहमति नजिक पुगिएको नेताहरुले बताए ।

शान्ति प्रक्रियाको मुख्य विषय सेना समायोजनमा सहमति हुन बाँकी रहेका बिविध एजेण्डामा पनि छलफल भएको नेताहरु जनाएका छन् ।

पुनः बस्ने शीर्ष बैठकले परारम्भिक सहमति भएका विषयलाई अनुमोदन गराउन पहल गर्ने छ । सहमति भएका विषयमा भने नेताहरुले आधिकारीक रुपमा केही बताएका छैनन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बावुराम भट्टराई, कांगे्रस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल, एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल एवं मधेसी मोर्चाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको सहभागिता थियो ।

प्रतिक्रिया