तराई बन्दले जनजीवन प्रभावित

दाङ, १२ वैशाख । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको तराई बन्दका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।
बन्दका कारण मोरङ, सुनसरी, दाङ  लगायतको जनजीवन प्रभावित भएको छ । बन्दको प्रत्यक्ष प्रभाव सवारी आवागमन, शिक्षण संस्था, उद्योग, कलकारखान लगायतमा परेको छ ।
अव वन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नु पर्ने माग गर्दे महासंघले तराईका जिल्लामा वन्दको आह्वान गरेको हो ।
आदिवासी र जनजातिको परिचाहनमा प्रस्तावित प्रदेश घटाउन नपाइने, सात प्रदेश आदिवासीलाई स्वीकार्य नहुने, स्वशासन र आत्मनियर्णको अधिकार सुनिश्चित हुनपर्ने माग महासंघको छ ।
उता, पहिचान सहितको संघीयताको माग गर्दै महासंघले आह्वान गरेको तराई वन्दले पूर्वको जनजीवन पनि आंशिक प्रभावित भएको छ ।
पूर्वको चौरस्ता भनेर चिनिने सुनसरीको ईटहरी र  पूर्वी मोरङमा सवारी साधन चलेका छैनन । पसलहरु आंशिक मात्रै खुलेका छन ।
पूर्वका मुख्य शहर विराटनगरमा भने वन्दको प्रभाव आंशिक परेको छ । लामो दुरीका सार्वजनिक सवारी साधन संचालन नभए पनि निजी र छोटो दुरीका सवारी साधन चलेका छन । पसलहरु पनि खुलेका छन ।
वन्द गराउन प्रर्दशनमा उत्रिएका ८ जना वन्दकर्ताहरुलाई सुनसरीका विभिन्न स्थानवाट प्रहरीले नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरि मोरङका विभिन्न स्थानवाट १२ जना वन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया